ए सी आई ई एजुकेसन फेयर सम्पन्न
- गाउँ सहर संवाददाता
- ६ जेठ शुक्रबार, २०७९ | १४:५८:०० मा प्रकाशित

काठमाडाैँ । ए सी आई (एड्भाइजरी सेन्टर फर इन्टरनेशनल एजुकेशन), एल ए ( लिटल एन्जल्स कलेज), र ग्लोबल स्टडी पार्टनरको संयुक्त आयोजनामा मुख्य रूपमा अङ्ग्रेजी बोलिने देशहरु बेलायत, संयुक्त राज्य अमेरिका, क्यानडा, आयरल्याण्ड अध्ययनार्थ जान चाहने विद्यर्थीहरुलाई लक्षित गरी उत्कृष्ट विश्वविद्यालयका प्रतिनिधिहरु सामु "ए सी आई ई एजुकेसन फेयर" को आयोजना गरिएको छ ।
विभिन्न कोर्सहरुका लक्षित: 'जी आर ई', 'आई ई एल टी एस' सँगै स्कलरसिपको सुविधा, विश्वविद्यालय र शिक्षण संस्था छनोट, अध्ययनार्थ निमित्त अन्तर्राष्ट्रिय विश्वविद्यालय र कलेज जाँदा लाग्ने सम्पूर्ण खर्चहरु तथा बस्ने सहरका बारेमा विद्यार्थीहरूलाई सम्पूर्ण जानकारी प्रदान गर्ने उद्धेश्यले, यही मे १८ तारीख बुधबारका दिन "लिटल एन्जल्स कलेज" हात्तीवन काठमाडौंमा "ए सी आई ई एजुकेसन फेयर" को आयोजना भएको हो ।
अन्तर्राष्ट्रिय अध्ययनमा जान इच्छुक विद्यार्थीहरुले एउटै इभेन्ट मार्फत उक्त देशका विश्वविद्यालका प्रतिनिधिहरु मार्फत प्रत्यक्ष कुराकानी गरी लाभ लिने अवसर हामीले जुटाएका हौं भन्दै ए सी आई (एड्भाइजरी सेन्टर फर इन्टरनेशनल एजुकेशन) का सबिन जोशीले जानकारी गराए ।
पाँच देशका उत्कृष्ट विश्वविद्यालय र शैक्षिक संस्थाहरू जस्तै अमेरिका र क्यानडा बाट युनिभर्सिटी अफ क्यानाडा, अल्गोमा, निपिसिङ, ब्रिजपोर्ट, ओस्वेगो, सेन्ट क्लाउड स्टेट, सान फ्रान्सिस्को स्टेट युनिभर्सिटी, युनिभर्सिटी अफ नर्थ टेक्सास, एप्लाई बोर्ड; त्यसैगरी यूके र आयरल्याण्ड बाट ग्रीनविच, ब्राडफोर्ड, एबरडिन, यू एस ए, क्यानाडा, आयरल्याण्ड र अष्ट्रेलियाकाबाट उपस्थित भएका उत्कृष्ट युनिभर्सिटी, कलेज र इन्स्टिच्युटहरूका प्रतिनिधिसंग प्रत्यक्ष रूपमा कुरा गरी अन्तर्राष्ट्रिय अध्ययनमा जानु अघि र गइसकेपछि खडा हुने आफ्ना विषयसँग सबन्धित कुनैपनि समस्याका बारेमा समाधान गर्न सकिने ग्लोबल स्टडी पार्टनरसका कन्ट्री डाइरेक्टर अनिल श्रेष्ठले अनुरोध गरे ।
पाँच देशका उत्कृष्ट विश्वविद्यालय र शैक्षिक संस्थाहरू जस्तै अमेरिका र क्यानडाबाट युनिभर्सिटी अफ क्यानाडा, अल्गोमा, निपिसिङ, ब्रिजपोर्ट, ओस्वेगो, सेन्ट क्लाउड स्टेट, सान फ्रान्सिस्को स्टेट युनिभर्सिटी, युनिभर्सिटी अफ नर्थ टेक्सास, एप्लाई बोर्ड; त्यसै गरी यूके र आयरल्याण्डबाट ग्रीनविच, ब्राडफोर्ड, इन्टरनेसनल कलेज दण्डी, डी मन्ट फर्ट युनिभर्सिटी, एबरडिन, कन्वेन्ट्री, अक्स्फोर्ड इन्टरनेसनल, चेस्टर, ग्रिफिथ कलेज आयरल्यान्ड, स्टडी ग्रुप र अष्ट्रेलियाका ई सी ए (एजुकेसन सेन्टर अफ अस्ट्रेलिया), स्काइलाइन इन्टरनेशनल कलेज, टि के एल, सिड्नी मेट्रोपोलिटन इन्स्टिच्युट अफ टेक्नोलोजी, साउदन क्रस युनिभर्सिटी, इन्टरनेसनल कलेज अफ म्यानेजमेन्ट, अल्ब्राइट इन्स्टिच्युट, अष्ट्रेलियन कलेज अफ ट्रेड -एकोट, नविटास लगायतबाट प्रतिनिधिहरु उपस्थित थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस