३ सयकाे नजिक नेपाली कांग्रेस, वालेन्द्र प्रतिद्वन्दीभन्दा उचाे मतमा हिँड्दै
- गाउँ सहर संवाददाता
- ६ जेठ शुक्रबार, २०७९ | ०७:१९:०० मा प्रकाशित
काठमाडौँ । मतगणना सुरु भएदेखि नै विभिन्न स्थानमा शिर्ष पदमा नेपाली कांग्रेस अगाडि देखिएको छ । अर्काेतिर काठमाडाैँका स्वतन्त्र मेयरका उम्मेद्वार वालेन्द्र शाह (वालेन) ले लगातार अग्रता लिइरहेका छन् ।
अहिलेसम्म कांग्रेसले २७७ स्थानमा अध्यक्ष/प्रमुख जितेको छ भने ४६ स्थानमा अग्रता लिएकाे छ । एमालेले १७४ स्थानमा प्रमुख/अध्यक्षमा जीत हासिल गरेको छ भने २४ स्थानमा अग्रता लिएकाे छ ।
माओवादी केन्द्रले १११ स्थानमा जितेकाे र १० स्थानमा अग्रता लिइरहँदा एकीकृत समाजवादीले १४ स्थानमा जितेकाे र ५ स्थानमा अग्रता लिइरहेकाे छ ।
यसरी नै अन्य दलले २३ स्थानमा विजय हासिल गरेकाे छ भने ११ ठाउँमा अग्रता लिइरहेकाे छ । यस्तै जसपाले १८ स्थानमा जितेकाे छ भने १७ स्थानमा र लाेसपाले ७ स्थानमा जीत र ५ स्थानमा अग्रता लिएका छन् ।
यस्तै उपप्रमुख/उपाध्यक्षमा कांग्रेसले २५२ ठाउँमा जीत र ४७ स्थानमा अग्रता लिइरहेकाे छ । एमालेले १९६ ठाउँमा जीत र ३६ स्थानमा अग्रता लिइरहेकाे छ । यसरी नै माओवादी केन्द्रले ११६ स्थानमा जीत र १० स्थानमा अग्रता लिइरहेकाे छ ।
अन्यले १५ जीत र ४ स्थानमा अग्रता लिएका छन् । एकीकृत समाजवादीले २० स्थानमा जीत र ३ स्थानमा अग्रता लिएकाे छ । यसरी नै जसपा १७ स्थानमा जीत र १४ स्थानमा अग्रतामा छ । उता लाेसपाले ७ स्थानमा जीत र ४ स्थानमा अग्रता लिएकाे छ ।
यता बहुचर्चित महानगरहरूमा क्रमशः वालेन्द्र, धनराज, रेनु, चिरीबाबु, राजेशमान र नागेश नै अहिलेसम्म अगाडि रहेका छन् ।
काठमाडाैँ मेयरमा स्वतन्त्रका वालेन्द्र शाहमा सबैकाे आँखा परेकाे छ । किनकी उनी कुनै पार्टीबाट छुट्टिएर उम्मेदवार भएका हाेइनन् ।
काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार वालेन्द्र शाह (वालेन) लाैराे कै अग्रता कायम छ । उनले अहिलेसम्ममा २५ हजार ४२७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दीहरु झण्डै आधा बढि कममा छन् । केशव स्थापीतले १३ हजार ४९९ र सिर्जना सिंहले १२ हजार ८४२ मत ल्याएका छन् । यस्तै उपमेयरमा एमालेकी सुनिता डंगाेलले १९ हजार ९५६ मत ल्याएकी छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
प्रतिकृया दिनुहोस