राजनीति

बहुचर्चित महानगरमा वालेन्द्र, धनराज, रेनु, चिरीबाबु, राजेशमान र नागेश ननस्टप उकालाे यात्रामा

काठमाडौँ । स्थानीय निर्वाचनअन्तर्गत बहुचर्चित महानगरमा क्रमशः वालेन्द्र, धनराज, रेनु, चिरीबाबु, राजेशमान र नागेश ननस्टप अहिलेसम्म अगाडि बढेका छन् ।

काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार वालेन्द्र शाह (वालेन) लाैराे कै अग्रता कायम छ । उनले अहिलेसम्ममा २९ हजार ५८२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दीहरु झण्डै आधा बढि कममा छन् ।

यसैगरी पोखरामा एकीकृत समाजवादीका धनराज आचार्यले लिड गरेका छन् । आचार्यले २९ हजार ८०७ मत ल्याएका छन् । प्रतिद्वन्दी एमालेका कृष्णबहादुर थापाले २६ हजार ३७५ मत ल्याएका छन् ।

भरतपुरमा माओवादी केन्द्रकी रेनु दाहालले मतअन्तर बढाएकी छन् । उनले २३ हजार १९२ मत ल्याउँदा एमालेका विजय सुवेदीले १९ हजार ७४६ मत ल्याएका छन् ।

यस्तै ललितपुर महानगरको प्रमुखमा कांग्रेसका चिरीबाबु महर्जनले २२ हजार ८२० मत ल्याउँदा एमालेका हरिकृष्ण ब्यञ्जनकारले १३ हजार १२४ मत ल्याएका छन् ।

यस्तै वीरगन्ज महानगरमा जसपाका राजेशमान सिंहले २४ हजार ३१६ मत ल्याउँदा एमालेका विजयकुमार सरावगीले १२ हजार ४८९ मत ल्याएका छन् ।

उता विराटनगरमा कांग्रेसका नागेशले लगातार लिड गरेका छन् । नागेश कोइरालाले २७ हजार २६४ मत ल्याउँदा एमालेका सागरकुमार थापाले २० हजार ७९ मत ल्याएका छन् ।

याे समाचार तयार पार्दासम्म कांग्रेसले २९८ स्थानीय तहको अध्यक्ष/प्रमुख जितेर पहिलाे नम्बरमा छ । उपाध्यक्ष/उपमेयरमा पनि उसकै वर्चश्व छ, २७२ स्थानमा जितेकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत