नम्बर वानमा कांग्रेस, एमाले ८२ ले पछाडि, माओवादी केन्द्र उसलाई पछ्याउँदै
- गाउँ सहर संवाददाता
- ४ जेठ बुधबार, २०७९ | २१:४०:०० मा प्रकाशित

काठमाडौँ । मतगणना सुरु भएदेखि नै विभिन्न स्थानमा शिर्ष पदमा नेपाली कांग्रेस अगाडि देखिएको छ । अहिलेसम्म कांग्रेसले २२७ स्थानमा अध्यक्ष/प्रमुख जितेको छ भने ८९ स्थानमा अग्रता लिएकाे छ ।
एमालेले १४५ स्थानमा प्रमुख/अध्यक्षमा जीत हासिल गरेको छ भने ५४ स्थानमा अग्रता लिएकाे छ ।
माओवादी केन्द्रले ९८ स्थानमा जितेकाे र २२ स्थानमा अग्रता लिइरहँदा एकीकृत समाजवादीले ९ स्थानमा जितेकाे र ११ स्थानमा अग्रता लिइरहेकाे छ ।
यसरी नै अन्य दलले १६ स्थानमा विजय हासिल गरेकाे छ भने १४ ठाउँमा अग्रता लिइरहेकाे छ । यस्तै जसपाले १० स्थानमा जितेकाे छ भने २४ स्थानमा र लाेसपाले १ स्थानमा जीत र ९ स्थानमा अग्रता लिएका छन् ।
यस्तै उपप्रमुख/उपाध्यक्षमा कांग्रेसले २९३ ठाउँमा जीत र ८१ स्थानमा अग्रता लिइरहेकाे छ । एमालेले १५२ ठाउँमा जीत र ८५ स्थानमा अग्रता लिइरहेकाे छ । यसरी नै माओवादी केन्द्रले १०५ स्थानमा जीत र १९ स्थानमा अग्रता लिइरहेकाे छ ।
अन्यले ७ जीत र ९ अग्रता लिएका छन् । एकीकृत समाजवादीले १६ स्थानमा जीत र ४ स्थानमा अग्रता लिएकाे छ । यसरी नै जसपा ११ स्थानमा जीत र १६ स्थानमा अग्रतामा छ । उता लाेसपाले १ स्थानमा जीत र १० स्थानमा अग्रता लिएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
प्रतिकृया दिनुहोस