नम्बर वानमा कांग्रेस, एमाले ८२ ले पछाडि, माओवादी केन्द्र उसलाई पछ्याउँदै
- गाउँ सहर संवाददाता
- ४ जेठ बुधबार, २०७९ | २१:४०:०० मा प्रकाशित
काठमाडौँ । मतगणना सुरु भएदेखि नै विभिन्न स्थानमा शिर्ष पदमा नेपाली कांग्रेस अगाडि देखिएको छ । अहिलेसम्म कांग्रेसले २२७ स्थानमा अध्यक्ष/प्रमुख जितेको छ भने ८९ स्थानमा अग्रता लिएकाे छ ।
एमालेले १४५ स्थानमा प्रमुख/अध्यक्षमा जीत हासिल गरेको छ भने ५४ स्थानमा अग्रता लिएकाे छ ।
माओवादी केन्द्रले ९८ स्थानमा जितेकाे र २२ स्थानमा अग्रता लिइरहँदा एकीकृत समाजवादीले ९ स्थानमा जितेकाे र ११ स्थानमा अग्रता लिइरहेकाे छ ।
यसरी नै अन्य दलले १६ स्थानमा विजय हासिल गरेकाे छ भने १४ ठाउँमा अग्रता लिइरहेकाे छ । यस्तै जसपाले १० स्थानमा जितेकाे छ भने २४ स्थानमा र लाेसपाले १ स्थानमा जीत र ९ स्थानमा अग्रता लिएका छन् ।
यस्तै उपप्रमुख/उपाध्यक्षमा कांग्रेसले २९३ ठाउँमा जीत र ८१ स्थानमा अग्रता लिइरहेकाे छ । एमालेले १५२ ठाउँमा जीत र ८५ स्थानमा अग्रता लिइरहेकाे छ । यसरी नै माओवादी केन्द्रले १०५ स्थानमा जीत र १९ स्थानमा अग्रता लिइरहेकाे छ ।
अन्यले ७ जीत र ९ अग्रता लिएका छन् । एकीकृत समाजवादीले १६ स्थानमा जीत र ४ स्थानमा अग्रता लिएकाे छ । यसरी नै जसपा ११ स्थानमा जीत र १६ स्थानमा अग्रतामा छ । उता लाेसपाले १ स्थानमा जीत र १० स्थानमा अग्रता लिएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
प्रतिकृया दिनुहोस