कांग्रेसले १९०, एमाले ११९, माके ८३, अन्य १२, एस ७, जसपा ५ स्थानमा जित्याे अध्यक्ष/प्रमुख
- गाउँ सहर संवाददाता
- ४ जेठ बुधबार, २०७९ | ०८:१७:०० मा प्रकाशित

काठमाडौँ । मतगणना सुरु भएका विभिन्न स्थानमा शिर्ष पदमा अहिलेपनि नेपाली कांग्रेस अगाडि देखिएको छ । अहिलेसम्म कांग्रेसले १९० स्थानमा अध्यक्ष/प्रमुख जितेको छ भने १२७ स्थानमा अग्रता लिएकाे छ ।
एमालेले ११९ स्थानमा प्रमुख/अध्यक्षमा जीत हासिल गरेको छ भने ७८ स्थानमा अग्रता लिएकाे छ ।
माओवादी केन्द्रले ८३ स्थानमा जितेकाे र ३३ स्थानमा अग्रता लिइरहँदा एकीकृत समाजवादीले ७ स्थानमा जितेकाे र १५ स्थानमा अग्रता लिइरहेकाे छ ।
यसरी नै अन्य दलले १२ स्थानमा विजय हासिल गरेकाे छ भने १५ ठाउँमा अग्रता लिइरहेकाे छ । यस्तै जसपाले ५ स्थानमा जितेकाे छ भने २८ स्थानमा र लाेसपाले १० स्थानमा अग्रता लिएकाे छन् ।
यस्तै उपप्रमुख/उपाध्यक्षमा कांग्रेसले १८६ ठाउँमा जीत र १०१ स्थानमा अग्रता लिइरहेकाे छ । एमालेले ११७ ठाउँमा जीत र ११६ स्थानमा अग्रता लिइरहेकाे छ । यसरी नै माओवादी केन्द्रले ८६ स्थानमा जीत र ४० स्थानमा अग्रता लिइरहेकाे छ ।
अन्यले ६ जीत र १० अग्रता लिएका छन् । एकीकृत समाजवादीले १४ स्थानमा जीत र ९ स्थानमा अग्रता लिएकाे छ । यसरी नै जसपा ५ स्थानमा जीत र २४ स्थानमा अग्रतामा छ । उता लाेसपाले ११ स्थानमा अग्रता मात्रै लिएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
प्रतिकृया दिनुहोस