कांग्रेसले १९०, एमाले ११९, माके ८३, अन्य १२, एस ७, जसपा ५ स्थानमा जित्याे अध्यक्ष/प्रमुख
- गाउँ सहर संवाददाता
- ४ जेठ बुधबार, २०७९ | ०८:१७:०० मा प्रकाशित
काठमाडौँ । मतगणना सुरु भएका विभिन्न स्थानमा शिर्ष पदमा अहिलेपनि नेपाली कांग्रेस अगाडि देखिएको छ । अहिलेसम्म कांग्रेसले १९० स्थानमा अध्यक्ष/प्रमुख जितेको छ भने १२७ स्थानमा अग्रता लिएकाे छ ।
एमालेले ११९ स्थानमा प्रमुख/अध्यक्षमा जीत हासिल गरेको छ भने ७८ स्थानमा अग्रता लिएकाे छ ।
माओवादी केन्द्रले ८३ स्थानमा जितेकाे र ३३ स्थानमा अग्रता लिइरहँदा एकीकृत समाजवादीले ७ स्थानमा जितेकाे र १५ स्थानमा अग्रता लिइरहेकाे छ ।
यसरी नै अन्य दलले १२ स्थानमा विजय हासिल गरेकाे छ भने १५ ठाउँमा अग्रता लिइरहेकाे छ । यस्तै जसपाले ५ स्थानमा जितेकाे छ भने २८ स्थानमा र लाेसपाले १० स्थानमा अग्रता लिएकाे छन् ।
यस्तै उपप्रमुख/उपाध्यक्षमा कांग्रेसले १८६ ठाउँमा जीत र १०१ स्थानमा अग्रता लिइरहेकाे छ । एमालेले ११७ ठाउँमा जीत र ११६ स्थानमा अग्रता लिइरहेकाे छ । यसरी नै माओवादी केन्द्रले ८६ स्थानमा जीत र ४० स्थानमा अग्रता लिइरहेकाे छ ।
अन्यले ६ जीत र १० अग्रता लिएका छन् । एकीकृत समाजवादीले १४ स्थानमा जीत र ९ स्थानमा अग्रता लिएकाे छ । यसरी नै जसपा ५ स्थानमा जीत र २४ स्थानमा अग्रतामा छ । उता लाेसपाले ११ स्थानमा अग्रता मात्रै लिएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
प्रतिकृया दिनुहोस