काठमाडौँ । मतगणना सुरु भएका विभिन्न स्थानमा शिर्ष पदमा अहिलेपनि नेपाली कांग्रेस अगाडि देखिएको छ । अहिलेसम्म कांग्रेसले १६८ स्थानमा अध्यक्ष/प्रमुख जितेको छ भने १३७ स्थानमा अग्रता लिएकाे छ । यस्तै उपप्रमुख/उपाध्यक्षमा कांग्रेसले १६३ ठाउँमा जीत र १२० स्थानमा अग्रता लिइरहेकाे छ ।
एमालेले दाेस्राे, माओवादी केन्द्रले तेस्राे स्थान जमाएका छन् ।
अर्काेतिर चर्चा छ त काठमाडाैँ मेयरका स्वतन्त्र उम्मेदवार वालेन्द्र शाहकाे । उनी प्रतिद्वन्दीभन्दा निकै अगाडि थिए र अहिलेसम्म छन् । उनले याे समाचार तयार पार्दासम्म १२ हजार ८७७ मत प्राप्त गरेका छन् ।
र्यापरकाे रूपमा मात्र धेरैले हेरेर नजरअन्दाज गरेकाे बेलामा उनकाे तहल्काले अहिले देश तथा विदेशमा चर्चाकाे विषय बनेकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
प्रतिकृया दिनुहोस