मतपरिणामः एमाले १०, कांग्रेस ९, माओवादी केन्द्र ४ र समाजवादी २ स्थानमा प्रमुख/अध्यक्ष विजयी
- गाउँ सहर संवाददाता
- १ जेठ आइतबार, २०७९ | १३:३२:०० मा प्रकाशित
काठमाडौँ । मतगणना सुरु भएका विभिन्न स्थानमा शिर्ष पदमा अहिले नेकपा एमाले अगाडि देखिएको छ ।
अहिलेसम्म एमालेले १० स्थानमा प्रमुख/अध्यक्षमा जीत हासिल गरेको छ भने कांग्रेसले ९ स्थानमा जितेको छ । यस्तै माओवादी केन्द्रले ४ र एकीकृत समाजवादीले २ स्थानमा जितेका छन् ।
तर २५७ स्थानमा कांग्रेस, १९१ स्थानमा एमाले, १२ स्थानमा एकीकृत समाजवादी, ११० स्थानमा माओवादी केन्द्र, २७ स्थानमा अन्य, जसपाले २८ स्थानमा अग्रता लिएका छन् ।
यस्तै उपप्रमुख/उपाध्यक्षमा कांग्रेसले ११, एमालेले ८, एकीकृत समाजवादीले २ स्थानमा जीत हासिल गरेका छन् । क्रमशः २२८ स्थानमा कांग्रेस, २०१ स्थानमा एमाले, १७ स्थानमा एकीकृत समाजवादी, १२४ स्थानमा माओवादी केन्द्र, २१ स्थानमा अन्य, २७ स्थानमा जसपा र लोसपाले ७ स्थानमा अग्रता लिएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस