काठमाडाैँ । देशभरका ७७ मतदान केन्द्रमा झडप र विवादका कारण निर्वाचन स्थगित भएको छ । निर्वाचन आयोगले गएराति प्रकाशित गरेको विवरण अनुसार ४३ वटा मतदानस्थलका ७७ मतदानकेन्द्रमा निर्वाचन स्थगित भएकाे हो ।
निर्वाचन आयोगको विज्ञप्तिमा भनिएको छ, ‘उक्त स्थानहरूमा आयोगले अन्यथा निर्देशन दिएमा बाहेक निर्वाचन अधिकृतले मतदान केन्द्रमा पुनः मतदान हुने मिति र समय यथाशीघ्र तोकी सूचना प्रकाशन गरी पुनः मतदान गराउनेछन् ।’
अहिलेसम्मको प्रारम्भिक विवरण अनुसार, ६४ प्रतिशत मतदान भएको भन्दै आयोगले विभिन्न ठाउँमा मतगणना शुरु भएको जनाएको छ । ‘मतदान केन्द्रबाट मतगणना स्थलसम्म मतपेटिका ढुवानी कार्य जारी रहेको’ विज्ञप्तिमा भनिएको छ, ‘मतपेटिका संकलन भइसकेपछि मतगणना सुरु गरिनेछ ।’
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
प्रतिकृया दिनुहोस