पानीजहाज त कलकत्तामै छ - ‘कांग्रेसले बनाइदिएको संरचनामा साँवा र व्याज खाने एमाले हो’
- गाउँ सहर संवाददाता
- २६ बैशाख सोमबार, २०७९ | १२:५१:०० मा प्रकाशित

काठमाडौँ । नेपाली कांग्रेसले एमालेसँग अघिल्लो चुनावमा गरेका वाचाहरू पूरा नगरेको आरोप लगाएको छ ।
सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाश शरण महतले केपी ओलीले गरेको वाचाहरू पुरा नगरेकाे र कुराले मात्रै देश नबन्ने एमालेसँग अघिल्लो चुनावमा गरेका वाचाहरू पूरा नगरेको आरोप लगाएका हुन् । उनले भने, ‘उहाँ त कुरा गर्नुहुन्छ । कुराको लामो फेहरिस्त छ उहाँको, पानीजहाज ल्याउने । पानीजहाजको कार्यालय त खुल्यो । उहाँका ठूलठूला तस्वीर काठमाडौँको सडकमा फूल साइजमा त लगाइए । तर, पानी जहाज आयो ? पानीजहाज त कलकत्तामै छ ।’
उनले ‘रेल आयो ? रेल ल्याउने भनेको होइन ? रेल ल्याउनु त कता हो कता सर्वेक्षण लाइसेन्सको सम्झौता पनि शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि अस्ती चिनियाँ विदेशमन्त्री आउँदाखेरी भयो ।’ प्रवक्ता महतले सर्वेक्षणको सम्झौतासम्म उनले गर्न नसकेकाे बताए ।
उनले भने, "विभिन्न पूर्वाधारको विकासमा अग्रणी भूमिका निर्वाह कांग्रेसले गर्यो ।" ७ प्रतिशतको वृद्धिदर पुर्याउने पार्टी नै कांग्रेस भएको बताउँदै उनले सबै काम गर्ने कांग्रेस भएको बताए । र सामुदायिक वनको अवधारणाा ल्याएर नाङ्गो भएको पहाड हराबरा बनाउने पनि कांग्रेस नै रहेकाे बताए । "कांग्रेसले बनाइदिएको संरचनामा साँवा र व्याज खाने एमाले हो । केहि गरेको छैन उसले तर जस जे मा पनि लिन खोज्छ । उनीहरूले कांग्रेसको विरोध गर्नुपर्ने कुनै आधार छैन । उहाँहरू प्रचार गर्न सिपालु, हामी झुटो राजनीति गर्दैनौँ ।"
समावेशी राजनीति कसले ल्यायो भन्दै प्रवक्ता महतले उनीहरूले त्यसको विरोध गरेको बताए । संङ्घीय संरचनालाई कमजोर बनाउने एमाले पार्टी भएकाे उनकाे जिकीर थियाे । उनले भूकम्प पश्चातको व्यवस्थापन, ५२ प्रतिशत गरिबीबाट १७ प्रतिशतमा झार्ने कांग्रेस पार्टी भएकाे बताउँदै कांग्रेसले नै बनाएको संरचनाबाट गरिबी घटेको बताए । उनले भने, "बरू कोभिडको समयमा एमालेको सरकारमा २२ प्रतिशत गरिबी पुगेको थियाे ।" प्रवक्ता महतले कोभिड खोप सुनिश्चित गरेकोसमेत बताए ।
ओली सरकार विभन्न ओम्नी काण्ड, सुन काण्ड, धेरै काण्ड, गुठी विधेयक काण्ड, संसद विघटन काण्डमा मुछिएकाे प्रवक्ता महतकाे भनाइ थियाे । कुरा गर्न सजिलो भए पनि काम गर्नका लागि भिजन र इमान चाहिने तर, एमालेसँग यी केही पनि नभएको बताए । नेपालको आर्थिक आधार नै नेपाली कांग्रेसले खडा गरेकाे भन्दै प्रवक्ता महतले उदार आर्थिक नीतिको आधारशीला नै कांग्रेस भएको बताए ।
अरू दल कुरा गर्छन् तर कांग्रेस काम गर्छ भन्दै गठवन्धनले नै देशको भविश्य उज्वल हुने उनले बताए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
प्रतिकृया दिनुहोस