होटल येल्लो प्यागोडामा Samrat Study in CANADA Educational Fair सम्पन्न
- गाउँ सहर संवाददाता
- २५ बैशाख आइतबार, २०७९ | ११:०७:०० मा प्रकाशित
काठमाडाैँ। गोरेटो एजुकेसनल कन्सल्टेन्सी र इन्टरनेस्नल करियर काउन्सिलिङ सेन्टर आईसीसीले होटल येल्लो प्यागोडामा संयुक्त रूपमा Samrat Study in CANADA Educational Fair को आयोजना गरेको छ।
क्यानाडाकाे टोरोन्टोमा अवस्थित सेनेका कलेजका बारेमा विद्यार्थी तथा अभिभावकहरूलाई जानकारी गराउने उद्देश्य साथ उक्त कार्क्रमको आयोजना गरिएको आयोजना गरिएको आयोजकले जानकारी गराएको छ।
अन्तर्राष्ट्रिय स्तरको शैक्षिक योग्यता र बजारको माग अनुसारको प्रमाण पत्रको निमित्त क्यानडा विद्यार्थीहरुको प्रमूख शैक्षिक गन्तव्य बन्दै आएको छ।
डिप्लोमा, स्नातक, पि. जि एड्भान्स डिप्लोमा, स्नातकोत्तर गरी विभिन्न तहमा नेपाली विद्यार्थीहरु अध्ययनका निमित्त क्यानाडा जाने गरेका छन्।
विशेष गरी पढाइ सँगसँगै व्यक्तित्व विकास र अध्ययन पश्चात् र राम्रो रोजगारको अवसरका निमित्त पनि विद्यार्थीहरु वैदेशिक शिक्षाका लागि क्यानाडा तर्फ आकर्षित हुने गरेको पाइएको छ।
अमेरिका, यूरोप, क्यानाडा लगायत अन्य विकसित राष्ट्रहरुमा अध्ययन गर्न जान इच्छुक विद्यार्थीहरू मध्यमा पनि क्यानडा विद्यार्थीहरुको रोजाइमा पर्दै आएको छ।
राजनैतिक स्थिरता, सहज आप्रवासी नीति, स्वास्थ्य बीमा, रोजगारको सुनौलो अवसर र पि.आर. का लागि क्यानाडा उत्कृष्ट गन्तव्य रहेको बताउँछन् आई. सि. सि. सि. र गोरेटो एजुकेसनल कन्सल्टेन्सीका सिनियर एडभाइजर इन्जिनियर राम खड्का।
आवश्यक कागजात र विद्यार्थीहरुले पुरा गर्नुपर्ने वैधानिक र कानुनी मापदण्ड बारेमा जानकारी दिँदै गोरेटो कै अर्का सिनियर एडभाइजर धिरज कडेंलले विद्यार्थीहरूलाई, कानुनी प्रक्रियामा अलिक बढी सजग हुन ध्यान आकर्षण गराए।
गोरेटोका तर्फबाट कार्यक्रम उपस्थित विद्यार्थी तथा अभिभावकहरुलाई स्वागत गर्दै फेयरमा उपस्थित हुन छुटेका सम्पूर्णलाई गोरेटो र आई.सि.सि. सि. भ्रमण गर्न र थप जानकारी लिन उक्त कन्सल्टेन्सीका कोअर्डिनेटर प्रकाश रेग्मीले आग्रह गरे।
कार्यक्रमलाई प्रस्तुत गर्न सहयोग गर्ने गोरेटो र आई.सि.सि. सि. लाई धन्यवाद दिँदै सेनेका कलेज क्यानाडा टोरोन्टोका तर्फबाट उपस्थित बिजनेस डेभलपमेन्ट डाइरेक्टर प्रशान्त श्रीवास्तवले कलेजले अध्यापन गराउँदै आएको विषयहरू र प्रदान गर्ने सेवा सुविधाहरु बारे प्रकाश पारे।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
प्रतिकृया दिनुहोस