स्थानीय निर्वाचनमा नेपाल टेलिकमकाे मोबाइल सेवामा निर्वाचन अफर
- गाउँ सहर संवाददाता
- २४ बैशाख शनिबार, २०७९ | १६:४३:०० मा प्रकाशित

काठमाडाैँ । आगामी बैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय निर्वाचनको सन्दर्भमा नेपाल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा निर्वाचन अफर उपलब्ध गराउने भएको छ ।
रु. ९८ मा आवश्यकता अनुसार जुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने भ्वाइस अफर र एसएमएस अफरका साथै डाटा अफर प्रयोग गर्न सकिने गरी कम्पनीले सो अफर उपलब्ध गराउने भएको हो । यो अफर आगामी बैशाख २५ देखि जेठ ४ गते सम्म उपलब्ध हुने टेलिकमले बताएकाे छ ।
कम्पनीले जुनसुकै नेटवर्कमा पनि कुरा गर्न सकिने भ्वाइस अफर र जुनसुकै नेटवर्कमा पनि एसएमएस पठाउन सकिने एसएमएस अफर उपलब्ध गराउने छ । ३ दिन सम्म सबै नेटवर्कमा २०० मिनेट कुराकानी गर्न सकिने २०० मिनेट भ्वाइस प्याक जम्मा रु. ९८ मा उपलब्ध हुनेछ । ३ दिन सम्म जुनसुकै नेटवर्कमा पनि पठाउन सकिने ३०० वटा एसएमएस सहितको ३०० एसएमएस प्याक पनि रु. ९८ मा उपलब्ध हुनेछ ।
त्यसैगरी ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा रु. ९८ मा खरिद गर्न सकिने उसले बताएकाे छ ।
आगामी बैशाख २५ देखि जेठ ४ गते सम्म आफ्नो मोबाइलबाट *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ । निर्वाचनको समयमा उपलब्ध हुने यस अफरबाट ग्राहकहरुले उल्लेख्य लाभ प्राप्त गर्ने अपेक्षा कम्पनीले गरेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
प्रतिकृया दिनुहोस