स्थानीय निर्वाचनमा नेपाल टेलिकमकाे मोबाइल सेवामा निर्वाचन अफर
- गाउँ सहर संवाददाता
- २४ बैशाख शनिबार, २०७९ | १६:४३:०० मा प्रकाशित
काठमाडाैँ । आगामी बैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय निर्वाचनको सन्दर्भमा नेपाल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा निर्वाचन अफर उपलब्ध गराउने भएको छ ।
रु. ९८ मा आवश्यकता अनुसार जुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने भ्वाइस अफर र एसएमएस अफरका साथै डाटा अफर प्रयोग गर्न सकिने गरी कम्पनीले सो अफर उपलब्ध गराउने भएको हो । यो अफर आगामी बैशाख २५ देखि जेठ ४ गते सम्म उपलब्ध हुने टेलिकमले बताएकाे छ ।
कम्पनीले जुनसुकै नेटवर्कमा पनि कुरा गर्न सकिने भ्वाइस अफर र जुनसुकै नेटवर्कमा पनि एसएमएस पठाउन सकिने एसएमएस अफर उपलब्ध गराउने छ । ३ दिन सम्म सबै नेटवर्कमा २०० मिनेट कुराकानी गर्न सकिने २०० मिनेट भ्वाइस प्याक जम्मा रु. ९८ मा उपलब्ध हुनेछ । ३ दिन सम्म जुनसुकै नेटवर्कमा पनि पठाउन सकिने ३०० वटा एसएमएस सहितको ३०० एसएमएस प्याक पनि रु. ९८ मा उपलब्ध हुनेछ ।
त्यसैगरी ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा रु. ९८ मा खरिद गर्न सकिने उसले बताएकाे छ ।

आगामी बैशाख २५ देखि जेठ ४ गते सम्म आफ्नो मोबाइलबाट *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ । निर्वाचनको समयमा उपलब्ध हुने यस अफरबाट ग्राहकहरुले उल्लेख्य लाभ प्राप्त गर्ने अपेक्षा कम्पनीले गरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
प्रतिकृया दिनुहोस