राजनीति

किसानको उपज बेच्ने सहकारीलाई अनुदान दिने - वडा अध्यक्ष उम्मेद्वार सुरेन्द्र सम्वाहाम्फे

पाँचथर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कुम्मायक गाउँपालिका, वडा अध्यक्ष उम्मेद्वार सुरेन्द्र सम्वाहाम्फेले किसानको उपज बेच्ने सहकारीलाई अनुदान दिने बताएका छन् ।

‘बहुसंख्यक स्थानीय जनता कृषिमा निर्भर भएकोले कृषि पेशाबाट नै जनताको जीवनस्तर उकास्ने हाम्रो लक्ष्य छ । यसकारण किसानको उपज बेच्ने सहकारीलाई हामी अनुदान दिने नीति अवलम्बन गर्छौं,’ राप्रपाका तर्फबाट कुम्मायक–३ का वडा अध्यक्ष उम्मेद्वार सम्वाहाम्फेले भने ।

कृषि व्यवसायलाई प्राथमिकतामा राख्ने नीति बमोजिम गाई भैंसीलाई सुत्केरी भत्ता समेत उपलब्ध गराउने उनले बताए ।

गाउँ सहर संवाददाता