त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ८ वटा बम राखेकाे फोन आएपछि...
- गाउँ सहर संवाददाता
- २१ बैशाख बुधबार, २०७९ | ११:२७:०० मा प्रकाशित

काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखेको भन्दै अज्ञात व्यक्तिले फोन गरेपछि हंगामा भएको छ । विमानस्थलको नम्बरमा कसैले फोन गरेर आन्तरिक टर्मिनलमा बम भएको भन्दै बताएपछि हंगामा भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ रहेका यात्रुहरुलाई बाहिर निकालिएको छ ।
विमानस्थलस्थित नागरिक उडड्यन प्राधिकरणको कार्यालयमा एक अपरिचित व्यक्तिले फोन गरेर आन्तरिक विमानस्थल कार्यालयमा ८ वटा बम रहेको बताएका थिए ।
त्यसलगत्तै सुरक्षा निकायले उच्च सतर्कता अपनाउँदै सबै यात्रुलाई बाहिर निकालेका छन् । विमानस्थलमा खटिएका प्रहरीका अनुसार अवतरण गर्न दिइएको छ भने उडानहरु सबै रोकिएको छ । सेनाको बम डिस्पोजल टोली त्यहाँ पुगिसकेको छ । सबैतिर जाँच गर्दा शंकास्पद वस्तु नभेटिएको प्रहरीले जानकारी दिएको छ ।
फोन आएपछि विमानस्थलमा सेनाको बम डिस्पोजल टोली परिचालन गरेर सर्च अभियान चलाइएको बताए । उनले फोन गर्नेको परिचालन गर्ने कार्य भइरहेको बताउँदै घटनास्थलमा सुरक्षा कडा बनाएर अनुसन्धान थालिएको बताए ।
बम भएको भन्दै फोन आएपछि वास्तविकता पत्ता लगाउन सुरक्षाकर्मी खटिएको उनको भनाइ छ । यद्यपि कसैले भ्रम फैलाएको हो या वास्तविकता हो भन्नेबारे चाहिँ खुलेको छैन ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेप्से परिसूचक बढेर सत्ताइस सय नजिक, आज कमाउनेमा यी कम्पनी अघि
- राष्ट्रिय सभामा मन्त्रीहरूकाे जवाफ (Live)
- आज संवैधानिक नियुक्ति मुद्दाको फैसला हुँदै
- राष्ट्रियसभाको बैठक बस्दै, बजेट पारित गर्ने कार्यसूची
- एसियन कप छनोट: नेपाल र श्रीलंका खेल्दै
- सेयर बजारमा दोहोरो अंकले वृद्धि
- भुटानमाथि नेपालकाे शानदार जित
- राैनक श्रीवास्तवकाे शानदार ब्याटिङमा नेपालले भुटानलाई दियाे ३५९ रनकाे लक्ष्य
- अब पेट्रोल र डिजेलकाे मूल्य कति तिर्नपर्छ ?
- नागार्जुनका मेयर मोहन बस्नेतलाई ११ वर्ष जेल सजाय, २८ करोड भन्दा बढी जरिवाना
प्रतिकृया दिनुहोस