त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ८ वटा बम राखेकाे फोन आएपछि...
- गाउँ सहर संवाददाता
- २१ बैशाख बुधबार, २०७९ | ११:२७:०० मा प्रकाशित
काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखेको भन्दै अज्ञात व्यक्तिले फोन गरेपछि हंगामा भएको छ । विमानस्थलको नम्बरमा कसैले फोन गरेर आन्तरिक टर्मिनलमा बम भएको भन्दै बताएपछि हंगामा भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ रहेका यात्रुहरुलाई बाहिर निकालिएको छ ।
विमानस्थलस्थित नागरिक उडड्यन प्राधिकरणको कार्यालयमा एक अपरिचित व्यक्तिले फोन गरेर आन्तरिक विमानस्थल कार्यालयमा ८ वटा बम रहेको बताएका थिए ।
त्यसलगत्तै सुरक्षा निकायले उच्च सतर्कता अपनाउँदै सबै यात्रुलाई बाहिर निकालेका छन् । विमानस्थलमा खटिएका प्रहरीका अनुसार अवतरण गर्न दिइएको छ भने उडानहरु सबै रोकिएको छ । सेनाको बम डिस्पोजल टोली त्यहाँ पुगिसकेको छ । सबैतिर जाँच गर्दा शंकास्पद वस्तु नभेटिएको प्रहरीले जानकारी दिएको छ ।
फोन आएपछि विमानस्थलमा सेनाको बम डिस्पोजल टोली परिचालन गरेर सर्च अभियान चलाइएको बताए । उनले फोन गर्नेको परिचालन गर्ने कार्य भइरहेको बताउँदै घटनास्थलमा सुरक्षा कडा बनाएर अनुसन्धान थालिएको बताए ।
बम भएको भन्दै फोन आएपछि वास्तविकता पत्ता लगाउन सुरक्षाकर्मी खटिएको उनको भनाइ छ । यद्यपि कसैले भ्रम फैलाएको हो या वास्तविकता हो भन्नेबारे चाहिँ खुलेको छैन ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
प्रतिकृया दिनुहोस