बिजबजारको भारी छुट सहितको २० मा बिज नामक क्याम्पेन सुरू
- गाउँ सहर संवाददाता
- २० बैशाख मंगलबार, २०७९ | १८:४७:०० मा प्रकाशित
काठमाडाैँ । नेपालका साना तथा मझौला उद्यमहरूलाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज गर्ने लक्ष्यका साथ ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारा सहित सञ्चालनमा रहेको ई–कमर्स प्लेटफर्म बिजबजारले २०७९ साल वैशाख २० गते देखि प्रत्येक महिनाको २० गते २० मा बिज नामक सञ्चालन गर्ने क्यम्पेन अन्तर्गतको वैशाख महिनाको क्याम्पेन मंगलबार राती १२ बजेबाट लाइभ भएको छ ।
Click here to visit "20maBIZ" Offer's Page
https://bizbazar.com.np/20-ma-biz/?aff_id=1538
यस क्याम्पेनमा सेवाग्राहीहरूले प्रत्येक महिनाको २० गते बिजबजारबाट सामान खरिद गर्दा कम्पनीले तोकेका विभिन्न प्रकारका सामानहरूमा मात्र न्यूनतम २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । साथै प्रत्येक महिनाको २० गतेका दिन सामान खरिद गर्ने मध्ये लक्किड्र मार्फत छनोट भएका २० जना भाग्यशाली सेवाग्राहीहरूले विभिन्न २० प्रकारका उपहारहरू (१ उपहार प्रति सेवाग्राही) प्राप्त गर्नेछन् । त्यसै गरी सो क्याम्पेन अन्तर्गत प्रत्येक महिनाको २० गते बेलुका ८ बजे देखि ८ बजेर २० मिनेटसम्म (२० मिनेट) भारी छुट सहितका रहस्यमय सामानहरूको फ्ल्यास सेल पनि सञ्चालन हुनेछ ।
साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो क्याम्पेन प्रभावकारी हुने विश्वास कम्पनीले व्यक्त गरेको छ, साथै २०७९ साल वैशाख ३१ सम्म सेवाग्राहीहरूलाई बिजबजारले सामान खरिद गर्दा डेलिभरी शुल्कमा ५० प्रतिशत छुट समेत प्रदान गरिरहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
प्रतिकृया दिनुहोस