गाउँ सहर

इद पर्व मुस्लिम समुदायले हर्षोल्लासका साथ मनाइँदै

काठमाडाैँ । कोभिड महामारीका कारण प्रभावित बनेकाे इद पर्व आज दुई वर्षपछि मुस्लिम समुदायले हर्षोल्लासका साथ मनाउँदैछन् । याे वर्ष काेभिड सामान्य भएसँगै आज एक आपसमा खुसी साटासाट गरी इद (इदुलफित्र) देश विदेशमा मनाइँदैछ ।

इद मुस्लिम समुदायको पवित्र महिना तथा कुरआन अवतरण भएको महिना रमजान (रोजा) सकिएपछि मनाइने पर्व हो । आत्मसंयम र शुद्धिका लागि एक महिनासम्म मनाइने रमजान पर्वको रोजा (व्रत) सकिएको भोलिपल्ट अर्थात् आज यो पर्व मनाउने गरिन्छ ।

३० दिन रोजा बसेर सोमबारको सूर्यास्तपछि सव्वाल महिनाको चन्द्रमा देखिएपछि मनाइँदै छ ।

सरकारले आज सार्वजनिक बिदा दिएकाे छ ।

गाउँ सहर संवाददाता

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत