सूर्या लाइफ इन्स्योरेन्स “थर्ड इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२१” बाट तीनवटा विधामा सम्मानित
- गाउँ सहर संवाददाता
- १९ बैशाख सोमबार, २०७९ | १९:४६:०० मा प्रकाशित

काठमाडाैँ । ३० अप्रिल २०२२ मा इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरको ‘थर्ड इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२१’ मा सूर्या लाइफले तीनवटा विधा “बेस्ट इफेक्टिभ एडोप्टेसन अफ टेक्नोलोजी”, “बेस्ट स्ट्राटेजी इन इन्स्योरेन्स स्प्रेडिङ्ग इन नेपाल इन्स्योरेन्स इन्डस्ट्रि” र “आउटस्ट्यान्डिङ्ग पर्फमेन्स इन लाइफ इन्स्योरेन्स इन्डस्ट्रि अफ नेपाल” आवार्ड हासिल गर्न सफल भएको छ ।
विश्व विख्यात चार्टर एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था पिडब्लूसी, इण्डियन इन्स्टिच्यूट अफ इन्स्योरेन्स लगायत थुप्रै प्रतिस्ठित संस्थाहरुबाट स्वतन्त्र रुपमा मूल्यांकन गरी विभिन्न वित्तीय सुचाङ्कहरुमा उत्कृष्ट कार्यसम्पादनको आधारमा उक्त अवार्ड प्रदान गरिएको हो ।
बिमस्टेक मुलुकहरुबाट प्यानलिष्ट भई नेपालबाट प्रतिनिधित्व गरेका सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले उक्त अवार्डहरु ग्रहण गरेका थिए ।
नोभोटेल होटल, कलकत्ता, भारतमा एक भव्य समारोहका बीच आयोजना गरिएको उक्त कार्यक्रममा पवन कुमार खड्काले आफ्नो मन्तव्यमा नेपालमा बीमाको वर्तमान अवस्था र महत्वका, साथै बीमा क्षेत्रकै नियमनकारी निकाय बीमा समितिद्वारा निभाईएका अहम भूमिका र कदमहरुका बारेमा विस्तृत रुपमा प्रस्ट्याएका थिए । नेपालमा डिजिटल टेक्नोलोजी र आर्टिफिसिल इन्टेलिजेन्सको बीमा क्षेत्रमा रहेको आवश्यक्ता र अवस्था बारेमा प्रस्ट पारे ।
साथै बीमालाई प्रविधिमैत्री बनाई बीमाको पहुँच देशका दुरदराजसम्म पुर्याउन र आमजनतालाई सेवाको सहज उपयोग गर्न प्रविधिले ठुलो भूमिका खेल्ने बताए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस