जनप्रतिनिधि र कर्मचारीलाई ड्यूटीफुल बनाउने पोखराको मेयरका उम्मेदवार आचार्यको प्रतिबद्धता
- गाउँ सहर संवाददाता
- १९ बैशाख सोमबार, २०७९ | १५:३६:०० मा प्रकाशित
पोखरा । पोखरा महानगरकापालिकाका मेयर पदका उम्मेदवार धनराज आचार्यले आफूहरु निर्वाचित भएमा आफूहरुसहित महानगरका कर्मचारीलाई फुल ड्युटी मात्र गर्ने नभई ड्युटीफुल महानगर बनाउने बताएका छन् ।
पोखरामा सोमबार प्राइम टेलिभिजनले आयोजना गरेको स्थानीय तह निर्वाचन २०७९ विषेश कार्यक्रममा आचार्यले निर्वाचित जनप्रतिनिधिदेखि महानगरको कर्मचारी सम्मलाई जिम्मेवार र ड्यूटीफुल बनाउने बताएका हुन् ।
गठबन्धनका तर्फबाट साझा उम्मेदवारका रुपमा प्रस्तुत आचार्यले २०७४ सालमा निर्वाचित एमाले नेतृत्वले जनप्रतिनिधि र महानगरका कर्मचारीलाई ड्यूटीफुल बनाउन नसकेको आरोप लगाए । उनले भने,‘ महानगरले तोकेको समयमा जनप्रतिनिधि र कर्मचारी त आउँछन् तर उनीहरु काम नगरी बिताउँछन् अर्थात ड्यूटीफुल भएनन् ।’ कर्मचारीलाई ड्यूटीफुल बनाउन महानगरको नेतृत्व चुकेको उनको आरोप छ ।
‘सुन्दर पोखरालाई साँच्चिकै सुन्दर पोखरा बनाउनका लागि उहाँहरुको इच्छाशक्ति भएन, साधनस्रोतको व्यवस्थापन गर्न सक्नु भएन वर्तमान महानगर नेतृत्वले, संघ र प्रदेश सरकारसँगसमेत महानगर नेतृत्वले समन्वय गर्न नसक्नु उसको कमजोरी हो’–उनले भने । आफूले काम गर्न नसकेपछि वर्तमान महानगर नेतृत्वले कर्मचारीले काम गरेन भनेर बहानाबाजी गरिरहेको उनको आरोप छ ।
मेयरका उम्मेदवार आचार्यले आफू मेयरमा निर्वाचित भए हालको बेथिति उल्टाएर सबैलाई ड्यूटीफुल बनाउने उनले प्रतिबद्धता जनाएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
प्रतिकृया दिनुहोस