गाउँ सहर
मेलम्चीको १७ करोड लिटर पानी वितरण हुने
- गाउँ सहर संवाददाता
- १८ बैशाख आइतबार, २०७९ | १०:३३:०० मा प्रकाशित

काठमाडौँ । आइतवारबाट काठमाडौँमा मेलम्चीको १७ करोड लिटर पानी वितरण हुने भएको छ ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले आइतवारदेखि नै मेलम्चीको १७ करोड लिटर पानी वितरण गर्न लागेको हो ।
गत वैशाख ११ गते काठमाडौंको मिनभवनबाट मेलम्चीको पानी वितरण थालिएको थियो । अब भने ९ ओटा भण्डारण केन्द्रबाट १ लाख ७५ हजार धारामा पानी वितरण हुने केयूकेएलले जानकारी दिएको छ ।
गत वर्ष नै मेलम्चीको १७ करोड लिटर पानी काठमाडौँमा वितरण शुरु भइसकेको थियो । तर वर्षायाममा मेलम्चीमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको बाँधमा ठूलो क्षति पुर्याएपछि करीब १ वर्ष पछि पुनः पानी काठमाडौँ आएको हो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस