चुनावी रणनीतिसहित महाैल बनाउँदै सुनापतिमा कांग्रेस, भाेट माग्न घर घर
- गाउँ सहर संवाददाता
- १६ बैशाख शुक्रबार, २०७९ | १३:१५:०० मा प्रकाशित

काठमाडाैं । नेपाली कांग्रेस रामेछापकाे सुनापति गाउँपालिकाले काठमाडाैंमा केन्द्रिय चुनावी भेला गरेर पालिकास्तरीय चुनावी अभियान थालेकाे छ ।
बिहीबार काठमाडाैंकाे पुरानाेबानेश्वरस्थित म्याकडाेनाल्स क्याफेमा महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रमाेदहरि गुरागाइँकाे आतिथ्यतामा काठमाडाैंमा भएका कार्यकर्ताहरूकाे भेलामार्फत चुनावी अभियान शुरू भएकाे हाे ।
अभियान कार्यक्रमलाई सम्बाेधन गर्दै महामन्त्री शर्माले देशैभरीका कांग्रेसले जित्दा रामेछापकाे सुनापति गाउँपालिकालाई चुनाव हार्ने छुट नभएकाे बताए ।
उनले गठबन्धनिबिना पनि रामेछापमा कांग्रेसले चुनाव जित्नुपर्ने भन्दै कार्यकर्तालाई मतदाताकाे घर घरमा जान आग्रह गरेका छन् ।
नेता प्रमाेदहरिले कार्यकर्ताले निस्वार्थ भावनाले पार्टीकाे म्यान्डेट अनुसार कांग्रेसलाई जिताउन लाग्नुपर्नेमा जाेड दिए ।
नेपाली कांग्रेस रामेछापका पूर्व पार्टी सभापति रामचन्द्र खड्काले कम्युनिष्टहरूकाे जनइलाकाकाे आधार भनिएकाे सुनापति गाउँपालिकामा यसपाली कांग्रेसकाे चारतारे झण्डा फरफराउने बताए ।
कार्यक्रममा नेपाली कांग्रेस वागमति प्रदेश कार्यसम्पादन समिति सदस्य जितबहादुर मगर, नेपाली कांग्रेस रामेछापका पूर्व उपसभापति, जितेन्द्र कुमार माेक्तान, केन्द्रिय महािधवेशन प्रतिनिध भरतप्रसाद चाैलागाइ, सहसचिव कमल याेञ्जन, महाधिवेशन पूर्वसहसचिव नारायण बहादुर खड्काले कांग्रेस जिताउने अभियानमा प्रतिवद्धता जनाउँदै सुनापति गाउँपालिकामा कांग्रेस जिताएर छाड्ने बताए ।
पालिका सभापति जनक कुमार खड्काकाे सभापतित्वमा भएकाे कार्यक्रममा आगामी चुनावकाे लागि पालिका अध्यक्ष र उपाध्यक्षमा उम्मेद्वारी दिएका क्रमश कमान (दिपेन्द्र) खड्का र शान्ति माेक्तानले आफ्ना प्रतिवद्धतापत्र सार्वजनिक गर्दै नागरिककाे सेवा समर्पित भएर काम गर्न कुनै कसर नराख्ने बताए ।
यस्ताे छ प्रतिबद्धतापत्र
यी हुन् सुनापति गाउँपालिकाका पाँचै वडाका उम्मेद्वारहरू
कमान (दिपेन्द्र) खडका - गाउँपालिका अध्यक्ष
शान्ति माेक्तान - गाउँपालिका उपाध्यक्ष
वडा नं- १ (गुन्सी)
ध्रुव चाैलागाइ - वडा अध्यक्ष
दिपक माझी - वडा सदस्य (पुरूष)
तिलक तितुङ - वडा सदस्य (पुरूष)
सीता खुलाल मगर - महिला सदस्य
बेली विसंङ्खे - दलित महिला सदस्य
वडा नं. २ (दिमीपाेखरी)
बेनबहादुर थापामगर - वडा अध्यक्ष
धनबहादुर श्रेष्ठ - वडा सदस्य (पुरूष)
विशाल माेक्तान - वडा सदस्य (पुरूष)
सूचना राय खत्री - महिला सदस्य
झाली दमाइ - दलित महिला सदस्य
वडा नं. ३ (हिलेदेवी)
कुङ्गे लामा -वडा अध्यक्ष
बाबुलाल याेञ्जन- वडा सदस्य (पुरूष)
टेकबहादुर श्रेष्ठ - वडा सदस्य (पुरूष)
तारा खड्का (कार्की) - महिला सदस्य
कमला जैरू - दलित महिला सदस्य
वडा नं. ४ (बेथान)
पाल्देन लामा -वडा अध्यक्ष
सफल लामा (दाेङ) - वडा सदस्य (पुरूष)
रामचन्द्र खड्का - वडा सदस्य (पुरूष)
ज्ञानी लामा - महिला सदस्य
मैया महते - दलित महिला सदस्य
वडा नं. ५ (खनियापानी)
जनक कुमार खड्का -वडा अध्यक्ष
धर्मराज तामाङ - वडा सदस्य (पुरूष)
सन्तकाजी श्रेष्ठ - वडा सदस्य (पुरूष)
प्रमिशा गुर्मथान पुलामी - महिला सदस्य
सुनिता राेका- दलित महिला सदस्य
नेपाली कांग्रेस सुनापति गाउँपालिकाले पालिकास्तरीय गाउँपालिकाभर कार्यक्रम गर्न प्रत्येक वडामा दुइ दिनकाे छुट्याएकाे छ । यस्ताे छ पालिकास्तरीय चुनावी अभियान कार्यक्रम
वडा नं १ गुन्सी- वैशाख १७ र १८
वडा नं २ दिमीपाेखरी- वैशाख १९ र २०
वडा नं ३ हिलेदेवी- वैशाख २१ र २२
वडा नं ४ बेथान- वैशाख २३ र २४
वडा नं ५ खनियापनी- वैशाख २५ र २६
दश दिने पालिकास्तरीय चुनावी अभियानकाे अन्तिमतिर सुनापति गाउँपालिकाकाे केन्द्र हिलेदेवीमा केन्द्रिय महामन्त्री गगनकुमार थापाले पालिकास्तरीय कार्यक्रमलाइ सम्बाेधन गर्ने कार्यक्रम पनि रहेकाे पालिका अध्ययक्षका उम्मेद्वार कमान (दिपेन्द्र) खड्काले जानकारी दिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
प्रतिकृया दिनुहोस