आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न
- गाउँ सहर संवाददाता
- १५ बैशाख बिहीबार, २०७९ | ११:४९:०० मा प्रकाशित

काठमाडौँ । आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारण सभा वैशाख १४ गते बुधबारका दिन कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालज्यको सभापतित्वमा काठमाण्डौंको होटल ¥याडिसनमा सम्पन्न भएकाे छ । सोही सभा मार्फत कम्पनीले आर्थिक वर्ष २०७६-०७७ को सञ्चालक समितिको प्रतिवेदन सहित वित्तीय विवरणहरु पारित गरियो । उक्त कार्यक्रममा सञ्चालक समितिको निर्वाचन गरी नयाँ सञ्चालक समितिको गठन गरियो । कम्पनीमा सर्वसाधारणलाई छुट्टाइएको शेयर जारी गर्ने प्रस्ताव पारित गरी आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनी र अन्य कुनै जीवन बीमा कम्पनी गाभ्नगाभिन वा प्राप्ति गर्ने सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्न स्वीकृत गरियो ।
सभामा बोल्दै सभाका सभापति एवम् संचालक समितिका अध्यक्ष डा. अर्यालले बीमा व्यसायमा पर्याप्त जनचेतनाको अभाव, दक्ष जनशक्तिको अभाव र बीमा व्यवसाय सम्बन्धि साक्षरताको अभाव रहेको भएता पनि कम्पनीले सो बिषयलाई अवसरको रुपमा लिई बीमा सम्बन्धि जानकारी, जनचेतना र बीमाको पँहुच न्यूनभन्दा न्यून आयस्रोत भएका जनमानसमा समेत पु¥याउन कटिबद्ध रहेको र आगामी दिनमा कम्पनीका सेवाहरु अझ चुस्त, छिटो छरितोरुपमा उपलब्ध गराउन प्रविधिमा विशेष जोड दिइने प्रतिबद्धता जाहेर गरे ।
कम्पनीकोे उन्नति र प्रगतिमा निरन्तर अमूल्य सुझाब र सहयोग गर्ने शेयरधनी महानुभावहरु, कम्पनी प्रति बिश्वास र भरोसा गर्ने समस्त बीमितहरु, कम्पनीको सफलताका लागि सहयोग तथा मार्ग निर्देशन दिने नेपाल सरकार, बीमा समिति, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र वोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड लगायत सम्पूर्ण नियमनकारी निकाय तथा सम्पूर्ण बीमा कम्पनीहरु, पुनर्बीमा कम्पनी, अभिकर्ताहरु, विभिन्न बैंक तथा वित्तीय संस्था एवं अन्य शुभेच्छुकहरु सवै प्रति हार्दिक कृतज्ञता ज्ञापन गरिएकाे थियाे ।
सभामा कम्पनीका सञ्चालक समितिका सदस्यहरु, संस्थापक शेयरधनीहरु, व्यवस्थापन समिति तथा अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेको बताइएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
प्रतिकृया दिनुहोस