शेयर बजारमा हरियाली, एक अर्ब ४ करोडमाथिकाे काराेबार
- गाउँ सहर संवाददाता
- १४ बैशाख बुधबार, २०७९ | १५:१९:०० मा प्रकाशित
काठमाडाैं । नेप्से साताको कारोबारको चौथो दिन बुधबार सामान्य अंकले बढेको छ । आज नेप्से ५.१७ अंकले घटेर दुई हजार ३ सय ७६ दशमलब १७ विन्दुमा पुगेको हो । मंगलबार नेप्से १५.२ अंकले घटेर दुई हजार ३ सय ७० दशमलब ९९ विन्दुमा पुगेको थियो ।
आज नेप्सेमा एक अर्ब ८ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा एक अर्ब ४ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका १०८ कम्पनीको शेयरमूल्य बढेको छ भने ६९ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि एक कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । आज जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १०३८.८० रुपैयाँ पुगेको नेप्सेले जनाएकाे छ ।
नेप्सेका अनुसार आज सानिमा इक्वीटी फण्ड र सानिमा लार्ज क्याप कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ३ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावरको भएको छ । यस कम्पनीको आज ५ करोड २१ लाख भन्दा बढीको कारोबार भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
- दसैंका लागि अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि
प्रतिकृया दिनुहोस