बागी उम्मेदवारलाई मनोनयन फिर्ता लिन आह्वान
- गाउँ सहर संवाददाता
- १४ बैशाख बुधबार, २०७९ | ०६:४३:०० मा प्रकाशित
सत्ता साझेदार पाँच दलले गठबन्धनका साझा उम्मेदवारबाहेक स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिन आह्वान गर्ने भएका छन् । नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पाँच दलीय संयन्त्र निर्वाचन तयारी तथा अनुगमन समितिका संयोजक रामचन्द्र पौडेलका अनुसार बुधबार शीर्ष नेताहरूले साझा उम्मेदवारबाहेक अन्य नेताहरूले दर्ता गरेको मनोनयन फिर्ता लिन आग्रह गर्ने छन् ।
उनले भने, “साझा उम्मेदवारबाहेकका साथीहरूलाई मनोनयन फिर्ता लिन आग्रह गर्छौं । पार्टीमा उहाँहरूले गर्नुभएको योगदानको मूल्याङ्कन हुन्छ । अहिलेलाई उहाँहरूले पार्टीलाई सहयोग गर्नुपर्छ । पार्टीको निर्णय मान्नुको विकल्प पनि छैन । यही आग्रह सबै साथीहरूलाई गर्छौं ।” उनले गठबन्धनलाई बलियो बनाउनु अहिलेको आवश्यकता र जिम्मेवारी रहेको बताउँदै पार्टीको निर्णयविपरीत मनोनयन गरेका नेताहरूले वैशाख १६ गतेभित्र उम्मेदवारी फिर्ता लिने विश्वास व्यक्त गरे ।
नेकपा (माओवादी केन्द्र) को बागमती प्रदेश समितिले पार्टी र गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिनेलाई वैशाख १५ भित्र उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ ।
समिति अध्यक्ष सरल सहयात्रीले विज्ञप्ति जारी गर्दै उम्मेदवारी फिर्ता लिन र पार्टी निर्णयविपरीत कदम नचाल्न बागी उम्मेदवारलाई निर्देशन दिएका हुन् ।
उनले तोकिएको मितिभित्र उम्मेदवारी फिर्ता नलिए समितिले जारी गरेको निर्वाचन निर्देशिकाअनुसार सबै जिम्मेवारीबाट तत्काल निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनी दिएका छन् ।
सहयात्रीले भनेका छन्, ‘पार्टी र गठबन्धनको आधिकारिक उम्मेदवारलाई सहयोग नगरी बागी उम्मेदवार तथा विपक्षी दलका उम्मेदवारलाई खुल्ला वा छदम सहयोग पु¥याउने कार्य गर्ने सबैलाई बागी उम्मेदवारकै स्तरको गल्ती मानी कडा कारबाही गरिनेछ ।’
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
प्रतिकृया दिनुहोस