ओलाङचुङगोलामा अध्यक्षसहित सबै सदस्य निर्विरोध
- गाउँ सहर संवाददाता
- १३ बैशाख मंगलबार, २०७९ | ०८:२८:०० मा प्रकाशित
ताप्लेङजुङ । ताप्लेङजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा अध्यक्षमा छेतेन वालुङसहित वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् । उमेदवारी दर्ता गर्दा अन्य प्रतिस्पर्धी नपरेसँगै वडाध्यक्षसहित सबै सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।
गत साता नै ओलाङचुङगोलाका समुदायले सर्वसम्मतमा फक्ताङलुङ गाउँपालिका–७ को वडाध्यक्षमा चयन गरेको थियो । वालुङ नेकपा एमालेको तर्फबाट अध्यक्ष र नेपाली कांग्रेसबाट चार सदस्य टासी शेर्पा, वाङग्या शेर्पा, महिला सदस्यमा फुपुल्हामु श्रेष्ठ र दलित महिला सदस्यमा विपना तुम्वाहाम्फे विक निर्विरोध निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
गाउँलेहरूले चयन गरेका उमेदवारबाहेक सो वडामा अरु कोही पनि व्यक्तिको उमेदवारी नपरेसँगै अध्यक्षसहित निर्विरोध निर्वाचित भएको निर्वाचन कार्यालयका सूचना अधिकारी विपीन दुलालले बताए । गाउँलेहरूले सहमति जुटाएका सबै उम्मेदवारले स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएको वडाध्यक्ष छेतेनले बताए ।
ओलाङचुङगोला समुद्र सतहदेखि तीन हजार ५०० मिटर उचाइमा अवस्थित हिमाली बस्ती हो । यस बस्तीमा जम्मा ५३ घरपरिवार बसोबास गर्दै आएका छन् । २७७ मतदाता रहेको ओलाङगोलामा गाउँलेको आम भेलाबाट सर्वसम्मत अध्यक्ष चयन गरेको तेन्जिङ वालुङले बताए ।
सर्वसम्मत वडाध्यक्ष वालुङ विसं २०७४ को निर्वाचनमा निवर्तमान अध्यक्षसँग एक मतले पराजित भएका भएका थिए । यसपछि अल्पसङ्ख्यक कोटाबाट कार्यपालिका सदस्यमा निर्वाचित भएका थिए । विसं २०७४ को निर्वाचनपछि गाउँमा लामो समय तिक्तता भएको जनाउँदै यहाँका जनप्रतिनिधि र युवा अवुगाले केही दिनदेखि सर्वसम्मत गराउने प्रयास गरेका थिए । रासस
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
प्रतिकृया दिनुहोस