स्व-वकालतकर्ताका लागि नमूना मतदान कार्यक्रम सम्पन्न
- गाउँ सहर संवाददाता
- १३ बैशाख मंगलबार, २०७९ | ०८:२६:०० मा प्रकाशित

काठमाडाैँ । डाउन सिन्ड्रोम समाज नेपालले स्व-वकालतहरुका लागि नमूना मतदान कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय निर्वाचन नजिकिँदै गर्दा अपाङ्गता भएका व्यक्तिहरुका लागि एउटा नमूना मतदान कार्यक्रमको आयोजना गरेको हो ।
नमूना मतदान कार्यकमले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको ज्ञान र सीप साथै सरकारले यस विषयमा कत्तिको ध्यान आकर्षण गरेको छ भने कुराको एउटा सचेतनाका लागि साे कार्यक्रम गरेकाे आयोजकले बताएकाे छ ।
अधिकार, छनोट, र सदुपयोग यस स्लाेगनको मूल उद्धेश्य हो । अपाङ्गता भएका व्यक्तिका लागि थुप्रै अधिकार बनाउन सफल भए त कतिपय कुराहरुमा सरकारले अधिकार दिएर पनि आम अविभकहरुले यस अधिकारलाई छनोट गर्न सकेका छैन, कतिपय ठाउँमा छनोट भएर पनि सदुपयोग भएको छैन्, हो यस अधिकार, छनोट, र सदुपयोगको एउटा सचेतना होस भन्ने उद्धेश्यले यस कार्यक्रमको आयोजना गरेको सहभागीले बताएका छन् ।
कार्यक्रममा प्रस्तुतिकर्ता मुकेन्द्र दाहाल र यस संस्थाकी अध्यक्ष शीला थापा, रवीन्द्र शर्मा गरी यस संस्थाका प्रतिनिधि कर्मचारी स्व-वकालतकर्ता गरी अभिभावकहरुको सहभागीता समेत रहेको थियो । यस कार्यक्रम केहि स्व-वकालतहरुलाई प्रश्न पनि गरिएकाे थियाे । हामीले भोट किन हाल्नु पर्छ ? हामीले भोट हाल्दा के हुन्छ? भनेर प्रश्न सोध्दा भोट सही मान्छे चुनेर मात्र भोट हाल्नु पर्छ । जसले गर्दा हामीले अपाङ्गता भएका व्यक्तिका लागि छुटै रोजगारीको व्यवस्था हुनु पर्यो भन्ने उत्तर थियाे ।
"हामी बौद्धिक अपाङ्गता भएका व्यक्ति होइन हामी भन्दैनौं हौं हामी बौद्धिक अपाङ्गता नै हौँ तर हामीमा भोट हाल्ने क्षमता पनि छ, हामीलाई सक्षम बनाउने भोट हाल्नको लागि केही नमुना छैन्, जुन हामीलाई तालिम हुनु पर्यो, केहि नमूना उपलब्ध हुनु परो, अनि मात्र हामी सक्षम हुन्छौ र हामीले चुन्ने अवसर पाउँछौं ।" सहभागीले भनेका थिए ।
याे डाउन सिण्ड्रोम युवा अपाङ्गता भएका युवाहरुको स्व-वकालत समूह निर्माणको पहिलो बैठक पनि हो जसले सात जनाको समिति गठन पहिले नै गरेको थियो । प्रितम विश्वकर्मा, प्रवेश अर्याल, लुजा श्रेष्ठ, अपेक्षा रुम्बा, प्रज्वला श्रेष्ठ, सृजना राई र सार्थक पाठक लगायत समितिमा छन् । जसको फलस्वरूप स्थानीय जनमत हो मेरो अधिकार, म चुन्छु मेरो सरकार, मैले चुनेको मेराे सरकारले, मेरो अधिकारको सुनिश्चित गर्ने कुरामा म ढुक्क छु, मेरो भाेट मेरो अधिकार, जस्ता प्लेकार्ड बाेकिएका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुँदै (LIVE)
- नेपालबाट विदेश जाने नेपालीले लगेएक खर्ब ७० अर्बभन्दा बढी रकम
- आज संसदमा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदै
- ‘हेल्लो काँशीराम’ को अर्को गीत ‘खैजेडीको घेरो’ सार्वजनिक (भिडिओ)
- गौतम बुद्धको ४० उपदेश जसले तपाइँलाई धेरै कुरा महसुस गराउँछ
- मुद्रास्फीति ३.३९ प्रतिशत, कोशी प्रदेशमा सबैभन्दा बढी महँगी
- काेशी प्रदेश प्रमुखले दिए बुद्धजयन्ती तथा किरातहरुको महान चाड उभौली, साकेलाको शुभकामना
- ‘बुद्धं शरणं गच्छामि’, ‘धम्मं शरणं गच्छामि’
- सामुदायिक विद्यालयमा घट्दाे विद्यार्थीबारे राष्ट्रियसभामा पाैडेल गराए ध्यानाकर्षण
- सेयर बजारमा गिरावट
प्रतिकृया दिनुहोस