पोखरामा ए.सी.सी.ए.को सम्पर्क कार्यालय स्थापना
- गाउँ सहर संवाददाता
- १२ बैशाख सोमबार, २०७९ | २१:४३:०० मा प्रकाशित
पाेखरा । नेपाली विद्यार्थीहरुलाई नेपालमा ए.सी.सी.ए. (ACCA) अध्ययन शुरुवात गराउने नेपाल कै पहिलो कलेज NCA College of Management ले प्रदेश नं. ३ को राजधानी पोखरामा आफ्नो सम्पर्क कार्यालय स्थापना गरेको छ ।
बैशााख ११ गते सोमवार पोखराको जीरो किलोमा अवस्थित पोखराकै ठूलो फेम ईन्टरनेशनल एजुकेशन फाउन्डेसन र एन.सी.ए.कलेज अफ म्यानेजमेन्टका बीच एक सम्झौतामा हस्ताक्षर भई एन.सी.ए. को पोखरा सम्पर्क कार्यालय फेम ईन्टरनेशनल एजुकेशन फाउन्डेसन जीरो किलोमा रहने सहमति भयो । उक्त सहमति पत्रमा एन.सी.ए.को तर्फबाट अध्यक्ष सुरेश पण्डित र फेम एजुकेशनका तर्फबाट प्रिन्सिपल बिजय बरालले हस्ताक्षर गरे ।
उक्त हस्ताक्षर समारोहलाई सम्बाेधन गर्दै एन.सी.ए. कलेजका अध्यक्ष सुरेश पण्डितले विश्वभरीनै सर्वाधिक लोकप्रिय रहेको ए.सी.सी.ए.कोर्सको बारेमा सो क्षेत्रका विद्यार्थीहरुले संम्पर्क कार्यालयबाटै फष्टह्याण्ड जानकारी प्राप्त गर्न सक्ने बताउँदै विद्यार्थीहरुका लागि सुविधा होस भन्ने उद्धेश्यले उक्त कार्यालय स्थापना गरिएको बताए । यसैगरी फेम एजुकेशनका निर्देशक तिलक लामिछानेले आफ्नो संस्थालाई विश्वास गरी एन.सी.ए. को सम्पर्क कार्यालय राख्न पाउनु सुर्वण अवसर रहेको बताउँदै यस क्षेत्रमा ए.सी.सी.ए. कोर्सको प्रवर्द्धन लागि आफूहरु प्रतिवद्ध रहेकोमा विश्वस्त रहन आग्रह गरे ।
एन.सी.ए.कलेजले नेपाली विद्यार्थीलाई विगत १८ वर्षदेखि निरन्तर रुपमा गुणस्तरीय ए.सी.सी.ए. (ACCA) ब्यावसायिक शिक्षा प्रदान गर्दै आएको साथै सन् २०१० मा कलेजको अध्ययन अध्यापनको गुणस्तर मापन गरी द एशोसीयसन अफ चार्टर्ड सर्टिफाईड एकाउन्टेण्डस्ले Approved Learning Partner-Gold को मान्यता दिएको कलेज हो । शिक्षा मन्त्रालयबाट ए.सी.सी.ए. कक्षा सञ्चालन गर्न स्वीकृत प्राप्त गर्ने यो नेपालको पहिलो Gold Status कलेज हो भने ए.सी.सी.ए. बेलायतको The Association of Chartered Certified Accountants, UK द्वारा सञ्चालित चार्टर्ड एकाउन्टेन्सी कोर्स हो ।
उक्त कार्यक्रममा एन.सी.ए. कलेजका सल्लाहकार एवं. जनता टेलीभिजनको शिक्षाका कुरा कार्यक्रमका निर्माता एवं प्रस्तोता नारायण आचार्य, फेम एजुकेशनका प्रिन्सिपल बिजय बराल, उक्त संस्थाका शिक्षक तथा अध्ययनरत विद्यार्थीहरुको समेत उपस्थिति थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
- भोटेकोशी बाढीबाट भएको क्षतिमा २० अर्ब ९० करोडको बीमा दाबी, भुक्तानी २३ करोड मात्रै
- एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट
- कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस