वातावरण

मंगलबारः धेरै स्थानहरूमा आंशिक देखि सामान्य बदली

काठमाडाैँ । आज २०७९ बैशाख १३ गते (मंगलबार), जल तथा माैसम विभागका अनुसार दिउँसो देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश १ का पहाडी भू भागमा आंशिक देखि सामान्य बदली रही बागमती प्रदेश र प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली  रहनेछ र देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । गण्डकी प्रदेशको पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन चट्याङ्गसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत