गाउँ सहर

जुवा खेलिरहेका ७ जना प्रहरी नियन्त्रणमा, ६ लाखभन्दा माथि नगद बरामद

काठमाडाैं । प्रहरीले ६ लाख नगदसहित जुवा खेलिरहेका ७ जनालाइ पक्राउ गरेकाे छ । मोरङ ग्रामधान गाउँपालिका ४ कटहरामा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाइ पक्रउ गरिएकाे हाे । ग्रामथान गाउँपालिका ५ बस्ने ५४ वर्षीय रूपेश कुमार तामाङ समेत ७ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको  जनाकारी दिएकाे छ ।

उक्त स्थानमा जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६ लाख ४१ हजार ३ सय १५ रुपैयाँ र कौडा सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएकाे छ । 

गाउँ सहर संवाददाता