एन आई सी एशिया बैंकमा अनलाईन खाता खोल्ने ग्राहकलाई आकर्षक छुट योजना
- गाउँ सहर संवाददाता
- ११ बैशाख आइतबार, २०७९ | १५:०७:०० मा प्रकाशित

काठमाडाैं । गतिशील बैंकिङ्गको अभ्यास गर्दै समयअनुरुप ग्राहकमैत्री आकर्षक योजनाहरू ल्याइरहेको एन आई सी एशिया बैंकले अनलाईन मार्फत बचत खाता खोल्ने ग्राहक महानुभावहरूलाई विभिन्न ई–कमर्शहरूबाट वस्तु तथा सेवाको खरिद गर्दा रू. ५,००० सम्म छुट उपलब्ध हुने योजना ल्याएको छ । जसअनुसार Daraz, Gyapu, Sastodeal, Bhojmandu, Food bite (Quikr), UG Bazar, Khaanpin जस्ता ई–कमर्शहरूबाट विभिन्न सामग्रीहरू खरिद गर्दा एवं त्बTaximandu, Yeti airlines, Sony LIV र Alt Balaji का अनलाईन प्लेटफर्म मार्फत विभिन्न सेवाहरू लिई डेबिट कार्ड, क्रेडिट कार्ड तथा NIC ASIA MoBank मार्फत अनलाईन भुक्तानी गर्दा अधिकतम २० प्रतिशतसम्म छुट प्राप्त गर्नु सकिने बैंकले जनाएकाे छ ।
यसका लागि ग्राहक महानुभावहरुले यस बैंकको वेबसाइटबाट अनलाईन खाता खोलि उक्त खाता पूर्ण रुपमा सुचारु भएपश्चात् बैंकले निज ग्राहक महानुभावलाई एसएमएस वा इमेल मार्फत माथि उल्लेखित मर्चेन्टहरु द्वारा प्रदान गरिएको Promo code वा Discount link पठाउने व्यवस्था गरेको छ ।
बैंकले पठाएको Promo code वा Discount link प्रयोग गरी आकर्षक छुट प्राप्त गर्न सकिने बैंकले जानकारी दिएकाे छ । यो योजना २०७९ आषाढ मसान्तसम्म लागू हुनेछ । अनलाईन किनमेल बढिरहेको वर्तमान अवस्थाबीच बैंकले डिजिटल कारोबारलाई प्रबद्र्धन गर्नका निमित्त आकर्षक छुट व्यवस्था गरेको हो ।
यो योजनाबाट लाभ लिनका लागि ग्राहक महानुभावहरुले यस बैंकको वेबसाइट वेबसाइट www.nicasiabank.com मार्फत जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी सहज रुपमा अनलाईन खाता खोल्ने व्यवस्था गरेको छ । यसरी अनलाईन खाता खोलेपश्चात् ग्राहक महानुभावले आफुलाई पायक पर्ने यस बैंकको शाखा कार्यालयमा गई KYC form भरी आफ्नो अनलाईन खाता पूर्ण रुपमा सुचारु गर्नुपर्नेछ ।
हाल अनलाईन खाता खोल्ने प्रक्रिया चुनौतिपूर्ण रहेको अवस्थामा बैंकले अनलाईन खाता खोल्न थप सहज होस् भन्ने उद्देश्यले ग्राहक महानुभावहरुलाई Missed call बाट नै सहज रुपमा खाता खोल्ने योजना ल्याएको छ । जसअनुरुप ग्राहक महानुभावहरुले ९८०१२२७७५५ मा Missed call दिएपश्चात् निजले बैंकबाट अनलाईन खाता खोल्ने लिंक सहितको एसएमएस प्राप्त गर्नुहुनेछ र बैंक प्रतिनिधिले समेत निजलाई सम्पर्क गरी अनलाईन खाता खोल्ने प्रक्रिया बारे विस्तृत रुपमा सहयोग प्रदान गर्ने व्यवस्था रहेको बैंकले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संसदमा नीति तथा कार्यक्रममाथि छलफल सकिँदै (लाइभ)
- नीति तथा कार्यक्रममाथिको छलफल आज अन्तिम दिन
- भारत-पाकिस्तान तनावबारे नेपालकाे यस्ताे छ आधिकारिक धारणा
- दिनभर उतारचढाबपूर्ण रहेको शेयर बजार दोहोरो अंकले घटेर बन्द
- राजावादीले राजसंस्था पुन:स्थापनाका लागि जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन
- नीति तथा कार्यक्रममा संसदमा छलफल जारी (लाइभ)
- दिलिप पौडेलको कथासंग्रह ब्लफर्स डायरीको लोकार्पण
- सदनमा नीति तथा कार्यक्रममाथि छलफल जारी (लाइभ)
- भारत पाक तनावबारे चीनको प्रतिक्रिया-सैन्य कारबाही खेदजनक
- नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुँदै
प्रतिकृया दिनुहोस