एकिकृत पाठ्यक्रम सम्बन्धी एन प्याव्सन कास्कीकोे तालिम
- गाउँ सहर संवाददाता
- ९ बैशाख शुक्रबार, २०७९ | २१:४०:०० मा प्रकाशित

पोखरा । नेशल प्याव्सन कास्कीले एक दिने एकिकृत पाठ्यक्रम सम्बन्धी तालिम सम्पन्न गरेको छ । नेपाल सरकारले नयाँ शैक्षिक सत्रबाट लागू हुने गरी ल्याएको एकिकृत पाठ्यक्रम सामग्रीका बारेमा शिक्षकलाई जानकारी दिने उद्देश्यले एन प्याव्सनमा आवद्ध विद्यालयका शिक्षकलाई क्षमतावृद्धिका लागि तालिम दिएको एन प्याव्सन कास्कीका प्रथम उपाध्यक्ष शिवदत्त तिवारीले बताए ।
तालिम कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय परीक्षा बाेर्ड गण्डकी प्रदेशका प्रमुख विष्णुनारायण श्रेष्ठले धेरै विषय वस्तुलाइ एकिकृतगरेर ल्याएको पाठ्यक्रमले शिक्षाको गुणस्तर वृद्धि गर्न सघाउने बताएका थिए ।
पाठ्यक्रम विकास केन्द्रका पाठ्यक्रम अधिकृत खिलनारायण श्रेष्ठले सहजीकरण गर्दै शिक्षाको गुणस्तर वृद्धि गर्ने हेतुले नै एकिकृत पाठ्यक्रम सामग्री आएको बताए । उनले शिक्षकलाई किताब नभै पाठ्यक्रम पढाउन आग्रह गरे ।
एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा एन प्याव्सनका केन्द्रीय उपाध्यक्ष यम खड्का, गण्डकी प्रदेश अध्यक्ष रामबहादुर मोची , हिसान गण्डकीका उपाध्यक्ष डाक्टर रामजी शर्मा, सहभागी गीता डुम्रे लगायतले बोलेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस