स्वास्थ्य

थप १८ जनामा कोरोना संक्रमण, २५ जना डिस्चार्ज

काठमाडाैं । पछिल्लो २४ घण्टामा नेपालमा१८ जना नयाँ संक्रमित थपिएकाे  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।

मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ९ जना र एन्टिजेन परीक्षय गर्दा ९ जना गरी १८ जना नयाँ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या भन्दा निको हुनेको संख्या धेरै रहेको छ । यस अवधिमा २५ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ६५१ जनाले कोरोना परिक्षण गरेका थिए भने १२ हजार ९०८३ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या २८२ जना रहेकाे मन्त्रालयले बताएकाे छ ।

गाउँ सहर संवाददाता