हिमालयन ह्वाइटहाउस कलेजको B.E. Civil, B-Tech in Biotechnology / BIT को अभिमुखीकरण कार्यक्रम सम्पन्न
- गाउँ सहर संवाददाता
- ९ बैशाख शुक्रबार, २०७९ | १६:२१:०० मा प्रकाशित

काठमाडाैं । पुतलीसडक स्थित हिमालयन ह्वाइटहाउस कलेजले आज विशेष समारोहबिच B.E. Civil, B-Tech in Biotechnology / BIT मा भर्ना भएका नव आगन्तुक विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम (Orientation Program) आयोजना गर्यो । उक्त कार्यक्रममा नव आगन्तुक विद्यार्थीहरु, कलेजका पदाधिकारीहरू, शिक्षक एवम् प्राध्यापकहरु र कर्मचारीहरुको उपस्थिति थियो ।
उक्त कार्यक्रममा बोल्दै कलेज सच्चालक समितिका अध्यक्ष ई . लक्ष्मण पोखरेलले इन्जिनियरिङ्ग शिक्षाको महत्व माथि प्रकाश पादै कलेज गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गर्न प्रतिवद्ध रहेको बताउदै विद्यार्थीहरुले पनि मेहनतका साथ पढ्नु पर्ने बताए । इन्जिनियरहरु बेरोजगार छन् भन्ने अफबाह भएको बताउदै अन्य देशको तुलनामा नेपालको इन्जिनियरिङ्ग शिक्षा अब्वल रहेको दावी गरे ।
कलेजका प्रिसिपल तोयानारायण पौडेलले कडा परिश्रम र अनुशासन विद्यार्थीकालागि वाञ्छनीय भएको बताउदै गुणस्तरीय शिक्षा आर्जन पछि समाज र देश निमाणमा लाग्नु पर्ने बताए ।
कार्यक्रममा इन्जिनियरिङ्ग अध्ययन संस्थानका प्रा. डा. विष्णु प्रसाद पाण्डेले उत्प्रेरणात्मक प्रस्तुति दिदै लगनशील भए असंभव केहि नरहेको बताउदै आफू सरकारी विद्यालयमा पढेर आज यो स्थिति सम्म पुग्न सफल भएको बताउनुभयो । एक इन्जिनियर जति वुद्धिमान हुन्छ त्यति नै इमान्दार र नैतिकवान हुनुपर्नेमा जोड दिए ।
हिमालयन हवाइटहाउस जस्तो संस्थामा पढ्न पाउनु विद्याथीहरुको लागि सौभाग्य भएकाले पढ्ने समयमा राम्रो ज्ञान र सीप हासील गरी राष्ट्र निर्माणमा योगदान पुर्याउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा त्रि वि इन्जिनियरिङ्ग अध्ययन संस्थानका प्रा. डा.सुवर्ण शाक्यले सुचना प्रविधि र डा. समिरमणि दिक्षितले B-Tech Biotechnology का विषयमा प्रस्तुति राखेका थिए ।
कार्यक्रममा सहभागीहरुलाई कलेजका भाइस प्रिन्सिपल डा. अल्का सापकोटाले स्वागत गरेकी थिइन् भने प्रा.डा. विष्णु प्रासद पाण्डे र डा. समिरमणि दिक्षितले पानसमा वत्ति बाली कार्यक्रम समुद्घाटान गरेका थिए । कार्यक्रमको अध्यक्षता कलेजका प्रबन्ध निर्देशक ई. शिव प्रासद पौडेलले र कार्यक्रम सञ्चालन सोही कलेजका प्रमुख प्रशासकीय अधिकृत नारायण आचार्यले गरेका थिए ।
हिमालयन ह्वाइटहाउस कलेज, पुतलीसडक, पूर्वाञ्चल विश्वविद्मालयबाट सम्बन्धन प्राप्त नेपालकै एक उत्कृष्ट कलेज मानिन्छ । यस कलेजमा स्नातक तहमा BBA, BHM, B.E. Civil, B. Tech in Biotechnology र BIT कार्यक्रमहरु सञ्चालन भईरहेका छन् भने स्नाकोेत्तर तहमा MBA र EMBA कार्यक्रमहरु सञ्चालित छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
- प्रतिनिधिसभामा रास्वपा र राप्रपाको विरोधबीच संसद सुचार (LIVE)
- डाक्टरहरूको आन्दोलनले बिरामीले उपचार पाएनन्
- महानगरकाे बजेट समयमा नआएकाेबारे उपप्रमुख डंगाेलकाे यस्ताे प्रष्टिकरण
- त्रिवि क्रिकेट मैदानमा कुर्सी राख्न थालियो
प्रतिकृया दिनुहोस