स्वास्थ्य

नेपालमा पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना संक्रमण, ३२ जना निको

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा १५ जना नयाँ संक्रमित थपिएकाे  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।

मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १२ जना र एन्टिजेन परीक्षय गर्दा ३ जना गरी १५ जना नयाँ संक्रमित थपिएका हुन् ।  

पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या भन्दा निको हुनेको संख्या धेरै रहेको छ । यस अवधिमा ३२ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.७ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ५४७ जनाले कोरोना परिक्षण गरेका थिए भने ३५ हजार ७२८ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या २९८ जना रहेकाे मन्त्रालयले बताएकाे छ ।

गाउँ सहर संवाददाता