गाउँ सहर
ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु
- गाउँ सहर संवाददाता
- ८ बैशाख बिहीबार, २०७९ | १३:०६:०० मा प्रकाशित
काठमाडाैं । ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । रुपन्देहीको सियारी गाउँपालिका–२, कुट्टामा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको हाे ।
मोटरसाइकल चालक स्थानीय २५ वर्षीय रामनिवास बेलदार र पछाडि सवार ५० वर्षीय रामायण पासीको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा भैरहवास्थित भीम अस्पतालमा मृत्यु भएको जनाइएको छ ।
हिजो बेलुका करिब सवा ८ बजे लु७४प ४४७९ नम्बरको मोटरसाइकल बेथरी–बेलबास सडकखण्डमा भारतीय नम्बरको लरीमा ठोक्किएको थियो ।
ट्रक चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
प्रतिकृया दिनुहोस