थदेउ नेपाल समुद्घाटनसँगै हस्पिटालिटी मेनेजमेन्ट टिचर्स् मिट सम्पन्न
- गाउँ सहर संवाददाता
- ६ बैशाख मंगलबार, २०७९ | १५:३४:०० मा प्रकाशित
काठमाडाैं । अल्टा भिष्टा "A School of Spanish Language " को १६ औ बार्षिकोत्सबको उपलक्ष्यमा पानिपोखरीमा थेदेउ नेपालको समुद्घाटन गरिएको छ । उक्त समुद्घाटन समारोह पश्चात होटलले हिमालय लाजिम्पाटमा एक समारोहकाबिच स्पेन, स्पेनी संस्कृति, भाषा र हस्पिटालिटी सम्बन्धि छलफल गरिएको थियो । नेपालका लागि स्पेनि अवैतनिक वाणिज्य राजदूत अम्बिका श्रेष्ठ, थेदेउ स्पेन र बिसिएन लयर्सका प्रतिनिधि पेपे ओरीवला, बबरमहल भिल्लाजका प्रबन्ध निर्देशक जयस् रिमाल फाउन्डर मेम्बर अफ अल्टा भिष्टा सृजना सुवेदी, ज्याक्सन सुवेदी, फस्ट क्लास रेष्टुरेण्ट चेन्स् इन मादृद गोन्यालो बासा फागाल्दे लगायत काठमाडौंका उत्कृष्ट कलेजका होटल म्यानेजमेन्ट फ्याकल्टी हरूको बाक्लो उपस्थित रहेको थियो ।
उक्त कार्यक्रमको प्रस्तुतीको क्रममा अल्टा भिष्टाका सस्थापक सदस्य ज्याक्सन सुवेदीले थेदेउ नेपाल स्थापना भएकोमा खुसी ब्यक्त गर्दै स्टडी इन स्पेन, थेदेउ सेन्टर अफ युनिभर्सिटी स्टडीज्का बारेमा जानकारी प्रदान गरे ।
प्रस्तुतीकै क्रममा थेदेउ स्पेन र बिसिएन लयर्सका प्रतिनिधि पेपे ओरीवलाले अल्टा भिष्टा स्थापना भएको १६ बर्ष भएको उपलक्ष्यमा शुभकामना दिदै थेदेउ सेन्टर अफ युनिभर्सिटी स्टडीज् रेख्वान कालोस् युनिभर्सिटी एफिलीएटेड रहेको र यसका बारेमा जानकारी थेदेउ नेपालले प्रदान गर्ने समेत जानकारी गराए ।
शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा सन् २००६ देखि स्पेनिस भाषा, संस्कृति र शिक्षण पद्धति प्रबर्द्धन गर्दै आएको अल्टा भिष्टा को बार्षिकोत्सबकै दिन थेदेउ नेपाल स्थापना भएकोमा मुरी मुरी धन्यवाद दिदै अष्ट्रेलियन हस्पिटालिटी एजुकेशन आफुले प्राप्त गरी क्यानडामा काम गरी नेपाल फर्किएर र्याडिसन् होटलमा काम गरी हाल बबरमहल भिल्लाजको प्रबन्ध निर्देशक समेत भै आफ्नै होटल चलाइरहेको अनुभव साट्दै स्पेन र नेपालले हस्पिटालिटी क्षेत्रमा धेरै गर्नसक्ने अबसर रहेको जयस रीमालले जानकारी गराए ।
शुभकामना मन्तव्यका क्रममा फस्ट क्लास रेष्टुरेण्ट चेन्स् इन मादृद गोन्यालो बासा फागाल्देले उपस्थित सम्पूर्णमा आफ्नो मन्तव्य प्रस्तुत गर्दै अल्टा भिष्टालाई भबिस्य पनि स्पेनिस भाषा प्रबर्द्धनमा लाग्न उत्पेरणा प्रदान गरे ।
कार्यक्रमको अन्तमा अल्टा भिष्टा नेपालकी फाउण्डर मेम्बर सृजना सुवेदीले उपस्थित अतिथिहरूलाई मायाको चिनो प्रदान गरेकी थिइन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
प्रतिकृया दिनुहोस