सत्ता गठबन्धन बैठकमा कुरा मिलेन, भाेली फेरि बैठक बस्ने
- गाउँ सहर संवाददाता
- ५ बैशाख सोमबार, २०७९ | १९:३१:०० मा प्रकाशित
काठमाडौं । स्थानीय निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डा टुङ्गो लगाउन सोमबार बसेको बैठक निष्कर्षविहीन बनेको छ ।
विहान र साँझ गरी दुई पटक बसेको गठबन्धनका शीर्ष नेताको बैठकले सहमति जुटाउन नसकेपछि मंगलबार पुन बैठक बस्ने बैठकमा सहभागी कांग्रेस नेता तथा मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
सत्तारूढ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) नेपाल, र राष्ट्रिय जनमोर्चाबीच महानगरपालिका र उपमहानगरपालिकाको टुङ्गो लगाउन गरिएको दिनभरको प्रयास असफल भएको हो । तर, धेरै ठाउँमा सहमति नजिक पुगेको कांग्रेस नेतासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
उनकाअनुसार बाँडफाँटलाई अन्तिम रूप दिन भोलि (मंगलबार) बिहान साढे ११ बजे पुनः बैठक बोलाइएको छ ।
उनले ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाका वडासमेतको वस्तुगत स्थितिको बारेमा आफूहरूबीच छलफल भएको र मंगलबार त्यसलाई अन्तिम रूप दिने सहमति गरिएको बताए ।
"चुनावी तालमेलका बारेमा हामीले गम्भीर छलफल गरेका छौँ र सहमति नजिक पुगेका छौँ । भोलि साढे बजे पनि सम्माननीय प्रधानमन्त्रीज्यूको अध्यक्षतामा यसरी नै बैठक बस्ने छ । र, मलाई विश्वास छ– भोलि योयो ठाउँमा यसरी सहमति भयो भनेर जानकारी गराउन सक्दछु । समग्रमा हामी सबै ठाउँमा सहमति नजिक पुगेका छौँ," उनले भने ।
धेरै ठाउँमा सहमति नजिक पुगेकाले सकारात्मक ढंगले अघि बढनुपर्छ भन्नेमा गठबन्धनका सबै नेताहरू सहमत रहेको उनले बताए ।
यही वैशाख ३० गते स्थानीय तहका निर्वाचन हुँदैछ । सत्तारूढ गठबन्धनले भने चुनावी तालमेल गरेर उमेदवार उठाउने सहमति गरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
प्रतिकृया दिनुहोस