काेराेना अपडेट : थप १० जनामा कोरोना संक्रमण, ३४ जना निको
- गाउँ सहर संवाददाता
- ५ बैशाख सोमबार, २०७९ | १५:५३:०० मा प्रकाशित

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।
मन्त्रालयका अनुसार ३ हजार ६०० जनाको पीसीआर परीक्षणमा ९ जना र १ हजार ९१ जनाको एन्टीजेन परीक्षणमा १ जना गरी १० जनामा संक्रमण पुष्टि भएको हो । साेही अवधिमा कसैको मृत्यु भएको छैन ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट ३४ जना निको भएका छन् भने हाल देशभर ३५० जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ३३९ जना होम आइसोलेसनमा रहेका छन् भने ११ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५ जना आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत छन् ।
सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ८३७ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६६ हजार ३७३ जना संक्रमणमुक्त भएकाे मन्त्रालयले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस