प्रतिबन्धित लागूऔषधसहित पक्राउ
- गाउँ सहर संवाददाता
- ३ बैशाख शनिबार, २०७९ | २१:०७:०० मा प्रकाशित
झापा । झापा मेचिनगर नपा वडा नं ६ मेचिखोला पुरानो पुल स्थितमा लागूऔषध नियन्त्रण व्यूरो काकँड्भिट्टाको टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट पैदल नेपाल तर्फ आउँदै गरेको जिल्ला झापा दमक नपा५ बस्ने वर्ष २२ को राजेश गुरुङलाई पक्राउ गरेकाे छ ।
यस्तै शंका लागि चेकजाँच गर्ने क्रममा लागूऔषध डाईजापाम ६ एम्पुल,फेनारगन ६ एम्पुल र लुपिजेसिक ६ एम्पुल गरी जम्मा १८ एम्पुल सहित फेला परेको र सोही स्थानमा भारत बाटै नेपाल तर्फ आउँदै गरेको मे ५ प ५६५ नम्बरको २ जना सवार स्कुटरलाई समेत शंका लागि चेकजाँच गर्दा उक्त स्कुटरको पछाडी सवार जिल्ला झापा दमक नपा वडा नं २ बस्ने वर्ष २६को अमृत राईको साथबाट लागूऔषध व्राउनसुगर जस्तो देखिने लिसाईलो पदार्थ प्लाष्टिक बाहेक ६ ग्राम फेला परेकोले उक्त नम्बरको स्कुटर,स्कुटर चालक जिल्ला ईलाम साविक चुलाचुली गाविसवडा नं ८ घर भई हाल जिल्ला झापा दमक नपावडा नं २ बस्ने वर्ष २२ को सन्तोस ढकाल समेतलाई नियन्त्रणमा लिई फेला परेको लागुऔषध सहित ३ जना मानिस र स्कुटरलाई ईप्रका काकँडभिट्टामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
प्रतिकृया दिनुहोस