सडक/यातायात

बस पल्टिँदा २ जनाको ज्यान गयाे

पाल्पा । पाल्पाको रैनादेवी छहरा–६, जुठापौवामा बस पल्टिँदा २ जनाको ज्यान गएको छ । जुठापौवाको पानीडाँडाबाट जुठातिर आउँदै गरेको लु १ ज ४९०२ नम्बरको बस सडकबाट ७ सय मिटर तल खसेर दुर्घटना भएको जुठापौवा प्रहरीले बताएकाे छ ।

बसमा सवारमध्ये २ जनाको ज्यान गएको छ ।  चार जना गम्भीर घाईते भएका छन् । उनीहरुलाई उपचारका लागि मिसन अस्पताल तानसेनतर्फ पठाइएको प्रहरीले जनाएको छ । के कारणले बस दुर्घटना भएको भन्नेबारे अझै नखुलेको प्रहरीले जनाएको छ ।

गाउँ सहर संवाददाता