विश्व स्वास्थ्य संगठनका प्रमुख डा. ट्रेडोस नेपाल आउने
- गाउँ सहर संवाददाता
- २ बैशाख शुक्रबार, २०७९ | १५:३६:०० मा प्रकाशित
काठमाडाैं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसस नेपाल आउने भएका छन् । डा. टेड्रोस स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमन्त्रणामा नेपाल आउन लागेका हुन् ।
८ वैशाख (२१ अप्रिल) मा नेपालमा आउन लागेकाे मन्त्रालयका सचिव डा. रोसन पोखरेलले जानकारी दिएका छन् ।
डा. पोखरेलले भने - ‘नेपाल सरकारको निमन्त्रणमा आउने तयारी भएको हो । तीन दिनको उच्चस्तरीय भ्रमणमा नेपालका उच्च अधिकारीहरुसँग भेटघाट हुनेछ ।
नेपालमा रहँदा डा. टेड्रोससहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का, स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडासँग भेटघाट गर्ने कार्यक्रम रहेकाे छ ।
महानिर्देशक ट्रेडोससँगै विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एसिया क्षेत्रकी निर्देशक डा. पुनम क्षेत्रपाल सिंह र संगठनको संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरुसँगको सहकार्य र सहयोग प्रणाली विभागका निर्देशक डा. शम्भु आचार्य पनि आउने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
प्रतिकृया दिनुहोस