केन्द्रमा तालमेल, जिल्लामा अलमल, तालमेलले दलहरुभित्र विद्रोह र अन्तर्घातको सम्भावना
- गाउँ सहर संवाददाता
- २ बैशाख शुक्रबार, २०७९ | ०७:१९:०० मा प्रकाशित
काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा सत्ताधारी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्टिय जनमोर्चादेखि प्रमुख प्रतिपक्षमा रहेका दल नेकपा एमालेसम्म तालमेलको कसरतमा जुटेका छन् ।
पाँच दलीय सत्ता गठबन्धन स्थानीय तह निर्वाचनमा केन्द्रको महानगरदेखि गाउँपालिकासम्म नै तालमेलको पक्षमा उभिने निर्णय गरिसकेको छ ।
यसैगरी, प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेकपा एमालेले पनि तालमेलका लागि साना दलसँग सहकार्य गर्दै अघि बढेको छ । एमालेले बुधबार मात्रै कमल थापाको नेतृत्वमा रहेको राप्रपा नेपालसँग चुनावी तालमेलको सहमति गरेको हो ।
सहमतीअनुसार राप्रपाका उम्मेदवार आउँदो स्थानीय तह निर्वाचनमा सूर्य चिह्न लिएर चुनावी मैदानमा उत्रिने भएका हुन् । यसैगरी, एमाले र परिवार दलबीच पनि चुनावी तालमेलको सहमति भइसकेको दाबी गरिएको छ ।
सत्तामा रहेका कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाबीच भएको चुनावी तालमेलको सहमतिमा भने तल्ला तहमा असन्तुष्टि बढेको छ । यी सत्तारूढ दलले गरेको तालमेलको निर्णयका विषयमा जिल्लामा रहेका पार्टी संयन्त्रले फरक मत राख्दै आइरहेका छन् ।
चुनावी तालमेलले दलहरुभित्र विद्रोह र अन्तर्घातको सम्भावना
स्थानीय तहको चुनाव नजिकिदै गर्दा कुनैपनि दल एक्लै निर्वाचनमा भाग लिने पक्षमा देखिदैनन् । एक्लै चुनाव लड्ने दाबी गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव तालमेलको सहमति गरिसकेका छन् । उनले राप्रपा नेपाल र परिवार दलसँग चुनावी तालमेलको सहमति बनाइसकेका छन् । अन्य दलहरुसँग पनि तालमेलको सहमति पहल गरिरहेका छन् ।
सत्तामा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा चुनावमा तालमेल गर्ने सहमतिमा पुगिसकेका छन् । उनीहरुबीच स्थानीय तहमा विभिन्न पदमा कुन दलको उम्मेदवार कहाँ कुन पदमा उठाउने सहमति भने बनिसकेको छैन । पाँच दल मिलेर चुनावमा एमालेविरुद्ध लड्ने भएसँगै देशमा अब विभिन्न शक्ति विभाजित नभई दुई शक्तिबीच चुनावी प्रतिष्पर्धा हुने माहोल तयार भएको छ ।
सत्ता गठबन्धन एकातर्फ र एमालेसहितको गठबन्धन अर्कातिर हुने भएका छन् । एमालेले महन्थ ठाकुर नेतृत्वको लोसपा, सीके राउतको दलदेखि विप्लव समूहलाई पनि समेटेर चुनावमा भाग लिने तयारी गरिरहेको छ । यसरी कुनै एक दल एक्लै नलड्ने भएका छन् ।
चुनावमा गठबन्धन त बन्ने भएको छ तर त्यसले दलहरुभित्र विद्रोहको सम्भावना बढेको छ । एमालेले राप्रपा नेपाल र परिवार दलसँग तालमेल गरेपछि डा. भीम रावलले कडा विरोध गरेका छन् । उनले सूर्य चिन्ह विक्रीमा राखेको भन्दै व्यङ्ग्यात्मक आलोचना गरेका छन् । गठबन्धन हुँदा एमालेका कतिपय उम्मेदवार टिकटबाट वञ्चित हुनुपर्ने हुनसक्छ । अर्कोतर्फ, टिकट नपाएकाहरुले विद्रोह गर्ने सम्भावना पनि छ । एमालेभित्र त्यस्तो संकेत देखिन थालेको छ ।
गठबन्धनको नेपाली कांग्रेसभित्र चुनावी तालमेलको विरोध भइरहेको छ । कांग्रेसभित्र टिकट नपाउनेको विद्रोह विगतमा पनि देखिदै आएको छ । यसपटक झन् टिकट नपाउनेले विद्रोह गर्न सक्छन् । काँग्रेसका भरतपुर र पोखराका कार्यकर्ताले तालमेल गर्दा मेयर नपाए नमान्ने भनिसकेका छन् । यसले उक्त पार्टीमा नयाँ विद्रोहको संकेत देखिन थालेको छ ।
माओवादीभित्र पनि टिकट नपाउने असन्तुष्टहरुको विद्रोहको सम्भावना छ । टिकट नपाउने सम्भावना देखेर कतिपयले पार्टी परिवर्तन गरिसकेका छन् । नेकपा एसमा पनि टिकट नपाउनेहरुको विद्रोह हुनसक्छ । जसपा र लोसपामा पनि त्यही सम्भावना छ । यसपटकको चुनाव अगावै धेरै विद्रोहका घटनाहरु देखिन सक्छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
प्रतिकृया दिनुहोस