चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ७ प्रतिशत, अनुमानभन्दा शून्य दशमलव २ प्रतिशत विन्दुले कम
- गाउँ सहर संवाददाता
- १ बैशाख बिहीबार, २०७९ | ०६:४७:०० मा प्रकाशित

काठमाडौँ । चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४ प्रतिशत पनि नहुने विश्व बैंकले प्रक्षेपण गरेको छ ।
बैंकले बुधवार सर्वजनिक गरेको दक्षिण एशियाको आर्थिक वृद्धिसम्बन्धी एउटा प्रतिवेदनले यस्तो देखाएको हो ।
प्रतिवेदनअनुसार चालू आवमा नेपालको अर्थतन्त्र ३ दशमलव ७ प्रतिशतले मात्रै बढ्नेछ । यो वृद्धिदर यसअघि अनुमान गरिएको भन्दा शून्य दशमलव २ प्रतिशत विन्दुले कम हो ।
रूसले युक्रेनमा गरेको आक्रमणपछि उत्पन्न परिस्थितिको प्रभाव विश्व अर्थतन्त्रका लागि चुनौती बनेको छ । नेपाली अर्थतन्त्रमा पनि त्यसको बाछिटा देखिने बैंकले बताएको छ । आगामी आवमा भने अर्थतन्त्र ४ दशमलव १ प्रतिशतले बढ्ने बैंकको अनुमान छ । यो पनि यसअघि गरिएको प्रक्षेपणभन्दा शून्य दशमलव ६ प्रतिशत विन्दुले कम हो । वर्ष २०२४ मा भने अर्थतन्त्र ५ दशमलव ८ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।
गएको साता मात्रै एशियाली विकास बैंक (एडीबी)ले यो वर्ष नेपाली अर्थतन्त्र ३ दशमलव ९ प्रतिशतले बढ्ने प्रक्षेपण सार्वजनिक गरेको थियो । चालू आवमा ७ प्रतिशतको आर्थिक वृद्धि प्राप्त गर्ने सरकारको लक्ष्य छ । युक्रेन संकटपछि विश्वभर वस्तुको भाउ बढेको छ । महँगीले नेपालमा पनि निर्माण लागतका साथै उपभोक्ता मूल्य बढ्ने विश्व बैंकको अनुमान छ ।
चालू आवमा नेपालको उपभोक्ता मूल्य ६ प्रतिशतले बढ्ने बैंकको अनुमान छ । सन् २०२२ मा दक्षिण एशियाको आर्थिक वृद्धिदर ६ दशमलव ६ प्रतिशत हुने विश्व बैंकको अनुमान छ । आगामी वर्ष भने यो दर ६ दशमलव ३ प्रतिशतमा ओर्लिने बताइएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
प्रतिकृया दिनुहोस