चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ७ प्रतिशत, अनुमानभन्दा शून्य दशमलव २ प्रतिशत विन्दुले कम
- गाउँ सहर संवाददाता
- १ बैशाख बिहीबार, २०७९ | ०६:४७:०० मा प्रकाशित
काठमाडौँ । चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४ प्रतिशत पनि नहुने विश्व बैंकले प्रक्षेपण गरेको छ ।
बैंकले बुधवार सर्वजनिक गरेको दक्षिण एशियाको आर्थिक वृद्धिसम्बन्धी एउटा प्रतिवेदनले यस्तो देखाएको हो ।
प्रतिवेदनअनुसार चालू आवमा नेपालको अर्थतन्त्र ३ दशमलव ७ प्रतिशतले मात्रै बढ्नेछ । यो वृद्धिदर यसअघि अनुमान गरिएको भन्दा शून्य दशमलव २ प्रतिशत विन्दुले कम हो ।
रूसले युक्रेनमा गरेको आक्रमणपछि उत्पन्न परिस्थितिको प्रभाव विश्व अर्थतन्त्रका लागि चुनौती बनेको छ । नेपाली अर्थतन्त्रमा पनि त्यसको बाछिटा देखिने बैंकले बताएको छ । आगामी आवमा भने अर्थतन्त्र ४ दशमलव १ प्रतिशतले बढ्ने बैंकको अनुमान छ । यो पनि यसअघि गरिएको प्रक्षेपणभन्दा शून्य दशमलव ६ प्रतिशत विन्दुले कम हो । वर्ष २०२४ मा भने अर्थतन्त्र ५ दशमलव ८ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।
गएको साता मात्रै एशियाली विकास बैंक (एडीबी)ले यो वर्ष नेपाली अर्थतन्त्र ३ दशमलव ९ प्रतिशतले बढ्ने प्रक्षेपण सार्वजनिक गरेको थियो । चालू आवमा ७ प्रतिशतको आर्थिक वृद्धि प्राप्त गर्ने सरकारको लक्ष्य छ । युक्रेन संकटपछि विश्वभर वस्तुको भाउ बढेको छ । महँगीले नेपालमा पनि निर्माण लागतका साथै उपभोक्ता मूल्य बढ्ने विश्व बैंकको अनुमान छ ।
चालू आवमा नेपालको उपभोक्ता मूल्य ६ प्रतिशतले बढ्ने बैंकको अनुमान छ । सन् २०२२ मा दक्षिण एशियाको आर्थिक वृद्धिदर ६ दशमलव ६ प्रतिशत हुने विश्व बैंकको अनुमान छ । आगामी वर्ष भने यो दर ६ दशमलव ३ प्रतिशतमा ओर्लिने बताइएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
- दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने
- कांग्रेस पूर्वप्रधानमन्त्री देउवाकाे भव्य स्वागत, पार्टी एकताका लागि गरे यस्ताे अपिल
- राष्ट्रिय क्रिकेट टिमको कप्तानीकाे जिम्मेवारी फेरि सन्दीप लामिछानेकाे काँधमा
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
- होटल तथा रेस्टुरेन्टमा धुम्रपान गर्ने छुट्टै स्थान बनाउन निर्देशन
प्रतिकृया दिनुहोस