गाउँ सहर

नेपाल प्रहरीका ४ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका ४ जना वरिष्ठ उपरीक्षक (एसएसपी)लाई नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गर्न सिफारिस गरिएको  छ ।

गृह मन्त्रालयको बढुवा समितिको बुधबार बसेको बैठकले ४ जना एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो । 

एसएसपीहरु नल प्रसाद उपाध्याय, मोहन कुमार आचार्य, राजेन्द्र प्रसाद चौधरी र मसाउद आलम खाँ डीआईजीमा बढुवाका सिफारिसमा परेका छन् ।   

गाउँ सहर संवाददाता