निर्वाचन चिह्न माग गर्दै दायर गरेकाे रिटमा आज छलफल हुँदै
- गाउँ सहर संवाददाता
- २८ चैत सोमबार, २०७८ | १३:१९:०० मा प्रकाशित
काठमाडाैं । निर्वाचन चिह्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा आज अन्तरिम आदेश जारी हुने र नहुनेबारे छलफल हुँदैछ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा मुद्दाको पक्ष र विपक्षको सहभागितामा छलफल हुने भएको हो । मुद्दाको पक्ष पूर्व डीआईजी रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टीको तर्फबाट संविधानविद्समेत रहेका अधिवक्ता डा। भीमार्जुन आचार्य अन्तरिम आदेशबारेको छलफलमा सहभागी हुनेछन् ।
विपक्षीबाट महान्यायाधिवक्ताको कार्यालयका अधिकारीहरू सहभागी हुनेछन् । रिटमार्फत अध्यक्ष खरेलले आगामी तीन तहको निर्वाचनमा पार्टीको निर्वाचन चिह्न नै निर्वाचन आयोगबाट प्रयोग गर्न पाउनुपर्ने माग गरेका छन् । उनले चैत ९ गते रिट सर्वोच्चमा रिट दायर गरेका थिए ।
रिटमाथि १३ चैतमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले रिटको प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गर्दै आज अन्तरिम आदेशबारे छलफलमा बोलाएका थिए ।
राष्ट्रिय पार्टी हुन नसकेका पार्टीहरूलाई निर्वाचन आयोगले पार्टीको निर्वाचन चिह्न नदिने प्रष्ट पारेपछि खरेल सर्वोच्च पुगेका हुन् । उनको पार्टी हालै गठन भएको हो । पहिलो पटक स्थानीय तह निर्वाचनमा सहभागी हुने उक्त पार्टीको तयारी छ । तर, संगठन देशव्यापी रूपमा विस्तार भएकै छैन ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
प्रतिकृया दिनुहोस