स्वास्थ्य

अब देशभर काेराेनाका ६३७ जना सक्रिय संक्रमित मात्रै

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । तर हालसम्म कोरोनाबाट ११ हजार ९५१ जनाले भने ज्यान गुमाइसकेका छन् ।

शनिबार ४४ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर ६३७ जना सक्रिय संक्रमित रहेका छन् । गत २४ घण्टामा २ हजार ५३९ पीसीआर तथा १ हजार ६१६ एन्टिजेन परीक्षण भएको छ ।

गाउँ सहर संवाददाता