नेपाल टेलिकमकाे प्रबन्ध निर्देशकमा सुनिल पौडेल
- गाउँ सहर संवाददाता
- २५ चैत शुक्रबार, २०७८ | २०:२५:०० मा प्रकाशित

काठमाडाैँ । नेपाल टेलिकम प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त भएका छन् । उनले आज (२०७८।१२।२५ गते) कम्पनीको केन्द्रीय कार्यालयमा पदभार ग्रहण गरे । उनलाई नेपाल सरकार मन्त्रिपरिषदको २०७८ चैत्र २४ गतेको निर्णय बमोजिम ४ वर्षका लागि प्रबन्ध निर्देशक पदमा नियुक्त गरिएको टेलिकमले बताएकाे छ ।
पदभार ग्रहण गर्दै नवनियुक्त प्रबन्ध निर्देशक पौडेलले आफ्नो व्यावसायिक कार्य योजनाको मूल्यांकनको आधारमा नेपाल टेलिकमको प्रबन्ध निर्देशकको गहन जिम्मेवारी बहन गर्ने अवसर दिएकोमा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयप्रति आभार प्रकट गरे ।
सो अवसरमा उनले कार्यालय प्रयोजनका सबै काम कारवाहीलाई सूचना प्रविधिसँग जोडेर स्वचालित रुपमा तत्काल कार्यान्वयनमा लैजाने संरचनामा ढाली कम्पनीका सबै सेवाहरुलाई आम जनताको सहज र सुलभ पहुँचमा पु-याउनका लागि हामी सबै प्रतिबद्ध हुनुपर्ने बताए । उनले कम्पनीको सेवा प्रवाह, गुणस्तर र राजस्व वृद्धिमा देखिएको चुनौतीलाई सामना गर्दैै अगाडि बढ्न र कम्पनीलाई अझ मुलुककै विश्वसनीय धरोहरका रुपमा स्थापित गर्न आफू प्रयासरत रहने प्रतिबद्धता व्यक्त गरे ।
पदभार ग्रहण गर्दै उनले नेपाल सरकारको सूचना प्रविधिमार्फत राष्ट्रलाई सम्वृद्ध बनाउने र मुलुकभरका आम जनतालाई अत्याधुनिक दूरसञ्चार सेवाको सहज पहुँचमा पु-याउने अन्तर्निहित उद्देश्यसँगै राष्ट्र र जनताप्रतिको अहं दायित्वबोधका साथ कम्पनीलाई नम्बर १ संस्थाका रुपमा कायम राख्न लागिपर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
पदबहाली कार्यक्रममा नेपाल टेलिकमका नायव प्रबन्ध निर्देशक, निर्देशक, प्रबन्धक, अन्य बरिष्ठ अधिकृत, कम्पनीमा क्रियाशील कर्मचारी युनियनका पदाधिकारी एवं कम्पनीका कर्मचारीहरुको उपस्थिति थियो ।
प्रबन्ध निर्देशक पौडेल यसअघि नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतको राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कार्यकारी निर्देशक पदमा कार्यरत थिए । उनले सो केन्द्रमा सन् २००४ देखि कार्यरत रही कम्प्युटर इञ्जिनियर, सहायक निर्देशक तथा उपनिर्देशकको जिम्मेवारी वहन गरिसकेका छन् ।
उनले सन् २००८ मा दक्षिण कोरियाको कोरिया एड्भान्स इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी (काइस्ट) बाट सूचना प्रविधिमा स्नातकोत्तरको उपाधि हासिल गरेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपालमा धेरै जनसंख्या भएको जाति क्षेत्री र कम नुराङ, हिन्दू धर्म मान्ने ८१ प्रतिशत बढी (विवरणसहित)
- प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
- दुर्घटना अपडेट : सुनकोशीमा बेपत्ता तीनको पहिचान खुल्यो
- नक्कली भुटानी शरणार्थी प्रकरण : १५ प्रतिवादीको बयान सकियो, १२ जना अझै फरार
- नेपालको सबैभन्दा सुरक्षित विधुत्तिय वालेट “आइएमई पे” ले ‘सिसा पिसिआई डीएसएस’ प्रमाणीकरण
- घटेको भाडा दर कार्यान्वयनमा आएन
- गर्मी ह्वात्तै बढ्यो, जनजीवन प्रभावित
- सुनको भाउ उकालो लागेको लाग्यै
- एकीकृत समाजवादीकाे हिसाबकिताब सार्वजनिक कति छ पैसा ?
- दुई जिल्ला जोड्ने पुल निर्माण ठप्प हुँदा स्थानीयलाई सास्ति
प्रतिकृया दिनुहोस