नेपाल टेलिकमको इन्टरनेट अब न्यूनतम १०० एमबीपीएस क्षमताको हुने
- गाउँ सहर संवाददाता
- ९ पौष बुधबार, २०८२ | १४:३५:०० मा प्रकाशित
काठमाडाैं । नेपाल टेलिकमले हाल वितरण गरिरहेको फाइबर टु द होम (एफटीटीएच) प्रविधिको इन्टरनेटलाई अझै गुणस्तरीय बनाउन वाइफाइ ६ राउटर (सीपीई) र एपी उपलब्ध गराउने भएको छ। यसअनुसार अब वाइफाई ६ प्याकेज अन्तर्गत न्यूनतम १०० एमबीपीएस क्षमताको एफटीटीएच वितरण हुनेछ ।
नेपाल टेलिकमले पहिले वाइफाई ५ प्रविधिको सीपीई उपलब्ध गराइरहेकोमा अब वाइफाई ६ प्रविधिको सीपीईका साथै पहिलो पटक एपी समेत उपलब्ध गराउने भएको हो। नयाँ प्रविधिका यी उपकरण प्रयोग गर्दा विभिन्न स्थानमा वाइफाई सिग्नल पर्याप्त नहुने समस्याको समाधान हुनेछ भने इन्टरनेटको स्पिड पनि तीव्र हुनेछ। धेरै डिभाइसहरु कनेक्ट गर्न, सबैले फुल स्पिडमा इन्टरनेट चलाउन, डाटा ट्रान्सफर छिटो गर्न, डिभाइसको ब्याट्री लाइफ बढाउन र सुरक्षित तथा भरपर्दो इन्टरनेट सेवाका लागि यसले महत्वपूर्ण भूमिका खेल्नेछ।
ग्राहकहरुका लागि वाइफाई ६ इन्डिभिजुअल प्याकेज र प्रिमियम प्याकेज उपलब्ध हुनेछ । इन्डिभिजुअल प्याकेज अन्तर्गत १. इन्टरनेट र टेलिफोन प्याकेज, २. इन्टरेनट, बेसिक एनटीटीभी र टेलिफोन प्याकेज र ३. इन्टरनेट, प्रिमियम एनटीटीभी र टेलिफोन प्याकेज मध्ये कुनै एक प्याकेज रोज्न सकिने छ । त्यसैगरी प्रिमियम प्याकेज अन्तर्गत १. प्रिमियम इन्टरनेट प्याकेज वान्ली, २. प्रिमियम इन्टरनेट र बेसिक एनटीटीभी प्याकेज र ३. प्रिमियम इन्टरनेट र प्रिमियम एनटीटीभी मध्ये कुनै एक प्याकेज रोज्न सकिने छ । यी सबै प्याकेज १००, १५० र २०० एमबीपीएस क्षमताका हुनेछन् भने मोबाइलमा डाटा समेत उपलब्ध हुनेछ ।
नेपाल टेलिकमले उपलब्ध गराउने वाइफाई ६ प्रविधिको सीपीई र एपी तथा एफटीटीएचको नयाँ दररेट र अन्य जानकारी लिन नेपाल टेलिकमको वेबसाइटबाट हेर्न सकिन्छ। त्यसैगरी ‘नेपाल टेलिकम’ एपको प्रयोगबाट पनि विभिन्न प्याकेजहरु सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ। १९८ मा कल गरेर वा नजिकको नेपाल टेलिकमको कार्यालयबाट पनि यस सम्बन्धी विस्तृत जानकारी लिन सकिन्छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
- चीनको तिब्बतमा पुन: ड्याम फुट्यो, सतर्कता अपनाउन आग्रह
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, यसकारण लगाइन्छ जनै र रक्षाबन्धन
- विपत्तिमा कोटेश्वर क्याम्पसको साथ, बाढीपीडितका लागि ५१ हजार सहयोग
- सर्वदलीय बैठक: १० बुँदे सर्वदलीय संकल्प, उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन
- भोटेकोशी बाढी प्रभावितका नाममा जथाभावी आर्थिक सहयोग संकलन नगर्न र नगराउन आग्रह
- ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न’ : बाढीपीडितलाई प्रधानमन्त्री शाहको ढाडस
- डीडीसीले सुरु गर्यो घिउ निर्यात
- नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की
- बागमतीमा ६ मन्त्रीले लिए शपथ
प्रतिकृया दिनुहोस