राजनीति
कानुनमन्त्री बन्दीद्वारा पदभार ग्रहण
- गाउँ सहर संवाददाता
- २४ चैत बिहीबार, २०७८ | १५:३१:०० मा प्रकाशित
काठमाडाैं । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला (बन्दी) ले पदभार ग्रहण गरेका छन् ।
प्रधानमन्त्री देउवाको सिफारिसमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा नियुक्त गरे लगत्तै उनले पदभार ग्रहण गरेका हुन् । शीतल निवासमा दिउँसो २ बजे शपथ लिएर उनी पदभार ग्रहणका लागि सिंहदरबार पुगेका थिए ।
सरकारले कोइरालालाई कानुन मन्त्रीमा नियुक्त गरेसँगै नेपाली काँग्रेसका नेता दिलेन्द्रप्रसाद बडूलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिएको छ । यसअघि कानुन मन्त्रालय सम्हाल्दै आएका बडूलाई प्रधानमन्त्री देउवाले सम्हाल्दै आएको वाणिज्य मन्त्रालयका जिम्मेवारी दिइएको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
- प्रधानमन्त्री बालेनले भदौ १० मा सांसदहरूको प्रश्नको जवाफ दिने
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
- भोलिदेखि ग्यासको बिक्री–वितरण पुरानै प्रक्रियाबाटै
- दोरम्बा हत्याकाण्डको २३औँ स्मृति दिवसमा शहीदहरूको योगदान सम्झिँदै
- शेरबहादुर देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्नेसहित पारित भए यी ५ प्रस्ताव
- श्रम संस्कृति पार्टीद्वारा बुढानीलकण्ठमा वृक्षारोपण
प्रतिकृया दिनुहोस