भरतपुरमा मेयर नछाेड्ने भन्दै केन्द्रीय नेता भेटेर दबाब बढाउँदै चितवनका कांग्रेसी
- गाउँ सहर संवाददाता
- २४ चैत बिहीबार, २०७८ | १३:३२:०० मा प्रकाशित

काठमाडाैं । ठाउँ ठाउँमा नेपाली कांग्रेस र माओवादीले गठबन्धनका उम्मेदवारी घाेषणा गरिरहँदा चितवनकाे भरतपुर महानगरपालिकाको प्रमुख पदको उम्मेदवारका लागि नेपाली कांग्रेसले नछाड्ने भन्दै काठमाडाैं आएर गठबन्धन कार्यदलका संयोजक रामचन्द्र पौडेललाई भेटेर भरतपुर महानगरपालिकाको मेयर नछाड्न दबाब दिएको छ ।
महानगर प्रमुखको उम्मेदवार कुन दलको हुने भनेर सत्ता गठबन्धनमा बहस चलिरहँदा चितवन कांग्रेसका नेताहरूले केन्द्रीय स्तरमा आफ्ना नेताहरूमाथि दबाब बढाउन थालेका छन् ।
बिहीबार वरिष्ठ नेता पौडेलका टाेलीले सभापति शेरबहादुर देउवलाई पनि भेट्ने तयारी गरेको छ ।
उनीहरूले कुनै पनि हालतमा भरतपुर महानगरको प्रमुख कांग्रेसले नछाड्ने बताएका छन् । स्थानीय स्तरको आवश्यकता र औचित्यका आधारमा पनि भरतपुर कांग्रेसले पाउनुपर्ने भन्दै उनीहरूले कुनै पनि हालतमा छाड्न नसकिने बताएका छन् ।
वरिष्ठ नेता पौडेल सत्ता गठबन्धनको स्थानीय तहको निर्वाचनका लागि तयारी तथा अनुगमन समितिको संयोजकसमेत हुन् । वरिष्ठ नेतालाई भेटेर केन्द्रीय समितिको निर्णयअनुसार नै भरतपुरको मेयर कांग्रेसले पाउनुपर्ने र यो नै अन्तिम बटमलाइन भएको कुरा सुनाएको चितवन कांग्रेसका निवर्तमान सभापति जीतनारायण श्रेष्ठले बताए ।
२०७४ को चुनावमा कांग्रेस र माओवादीले भरतपुरको मेयर र उपमेयरमा मात्र गठबन्धन गरेका थिए । जस अनुसार भरतपुरमा माओवादीकी रेनु दाहाल मेयर निर्वाचित भएकी थिइन् । यसपटकको चुनावमा पनि माओवादीले भरतपुरको मेयरमा दाबी गरिरहेको छ । तर कांग्रेस चितवनले भने भरतपुरमा माओवादीलाई मेयरमा समर्थन गर्न नसकिने बताउँदै आएको छ ।
जिल्लाका सातवटै पालिकामा सत्ता गठबन्धनका दलहरूबीच तालमेलका लागि संयन्त्र बनाएर छलफल भइरहेको छ । महानगर प्रमुख कांग्रेसले पाउनेगरी तालमेल गर्ने पक्षमा चितवन काँग्रेस छ । माओवादी केन्द्र पनि महानगर प्रमुख आफूले पाउने गरी तालमेल गर्ने बताइरहेको छ । महानगर प्रमुखको पदलाई माओवादी केन्द्र र कांग्रेसले प्रतिष्ठाको विषय बनाइरहेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस