प्रेस काउन्सिलमा धमलाले बुझाए स्पष्टीकरण पत्र
- गाउँ सहर संवाददाता
- २४ चैत बिहीबार, २०७८ | १३:३७:०० मा प्रकाशित

काठमाडाैं । पत्रकार ऋषि धमलाले प्रेस काउन्सिलमा स्पष्टीकरण पत्र बुझाएका छन् । काउन्सिलले २४ घन्टे स्पष्टीकरण सोधेपछि बुधबार उनले स्पष्टीकरण पत्र बुझाएका हुन् ।
प्रधानमन्त्री देउवा भारत भ्रमण सकेर आइतबार साँझ काठमाडौं फर्किँदा धमलाले त्रिभुवन विमानस्थलमा जहाजभित्रैबाट प्राइम टाइम्स टेलिभिजनमा लाइभ गरेका थिए । उक्त लाइभ प्रशारणमा जहाजका उडान कर्मचारीले रोक्न खोज्दाखोज्दै पनि धमला प्रधानमन्त्री देउवालाई खोज्दै हिँडेका थिए ।
सुरक्षा संवेदनशीलताका कारण कर्मचारीले रोक्न खोज्दा धमलाले पत्रकार मर्यादाविपरीत कार्य गरेको स्वअनुगमनबाट पाइएपछि धमलालाई स्पष्टीकरण सोधेको काउन्सिलले बताएको थियो । काउन्सिलका प्रवक्ता दीपक खनालले धमलाबाट स्पष्टीकरणको पत्र काउन्सिलमा आएको बताए । उनले अब बैठक बसेर यसबारे छलफल गरिने जनाएका छन् ।
‘उहाँले स्पष्टीकरण पत्र काउन्सिलमा पठाउनुभएको छ,’ उनले भने, ‘काउन्सिलको बैठक बसेर त्यसबारे केही दिनमा छलफल गर्छौं ।’ काउन्सिलका अध्यक्षलगायतको टोली सुर्खेतमा छ । सुर्खेतबाट काठमाडौं फर्केपछि काउन्सिलको बैठक बस्नेछ ।
धमलाले पठाएको स्पष्टीकरण पत्रमा 'जनतालाई छिटो समाचार दिँदा गल्ती भएको' उल्लेख गरेका छन् । उनले पत्रकार आचारसंहिताप्रति आफू प्रतिवद्ध रहेको र अबदेखि यस्ता विषयमा ध्यान दिने पनि उल्लेख गरेको स्रोतको बताएकाे छ ।
‘सुरक्षा संवेदनशीलतालाई नजरअन्दाज गरी, वायुसेवाका सम्बद्ध कर्मचारीले सुरक्षा संवेदनशीलताका कारण प्रसारण गर्न नमिल्ने भन्दाभन्दै पत्रकार तथा सञ्चारमाध्यमले बलजफ्ती रूपमा निषेध गरिएको क्षेत्रमा प्रवेश गरेको, दृश्यसहितको प्रत्यक्ष प्रसारण के कति कारणले गर्नुपरेको हो ? तपाईंबाट पटक-पटक यस्तो गैरपेशागत क्रियाकलाप किन हुन पुगेको हो ? पत्रकारिता क्षेत्रको मर्यादा/विश्वसनीयतामा समेत नकारात्मक प्रभाव पर्ने कार्य के कसरी हुन गएको हो ?’ स्पष्टीकरण सोधिएको पत्रमा भनिएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस