अर्थतन्त्र

बिहीबार ताेलामा पाँच सयले बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडाैं । नेपाली बजारमा बिहीबार सुनकाे मूल्य पाँच सय रुपैयाँले बढेको छ । बिहीबार छापावाल सुनको मूल्य तोलाको  ९९ हजार कायम भएको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ ।

मंगलबार सुन तोलाको ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार तेजावी सुनको भाउ तोलाको ९८ हजार पाँच निर्धारण भएको छ । 

महासंघका अनुसार चाँदीको मूल्य भने एक रुपैयाँले घटेको छ । बुधबार एक हजार तीन सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार तीन सय ३४ रुपैयाँ निर्धारण भएको महासंघले बताएकाे छ ।

 

गाउँ सहर संवाददाता